free webpage hit counter आङ सान सुकी नेपालमा, स्वागत गर्न विमानस्थल पुगे रक्षामन्त्री - RatoKalam.com is No one news portal.

आङ सान सुकी नेपालमा, स्वागत गर्न विमानस्थल पुगे रक्षामन्त्री

काठमाडौँ – म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सुकी दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेकी छिन् ।

शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागि हुन उनी नेपाल आएकी हुन् ।

नोबेल पुरस्कार विजेतासमेत रहेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएकी हुन् ।

सुकीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए।

स्टेट काउन्सिलरको रुपमा सुकीको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि सन् २०१४ को जुनमा विपक्षी दलको नेताको रुपमा काठमाडौँ आएकी थिइन् ।

यता, क्याम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन पनि बिहिबार नै नेपाल आइपुग्दैछन् ।

नेपाल भ्रमणका क्रममा सुकी र सेनले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

अन्तरवार्ता

थप...