free webpage hit counter इटहरी लेडी जेसीजद्धारा विद्यार्थीलाई महिला हिंसा सम्बन्धि सचेतना - RatoKalam.com is No one news portal.

इटहरी लेडी जेसीजद्धारा विद्यार्थीलाई महिला हिंसा सम्बन्धि सचेतना

बाहुनडाागी, २२ फागुन । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर इटहरी लेडी जेसीजले लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।  इटहरी उप महानगरपालिका वडा नं। ८ स्थित जनता माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा ११ र १२ का ७० जना छात्र छात्रालाई लैंगिक हिंसा सम्बन्धि सचेतना जगाउने उदेश्यले आयोजित उक्त कार्यक्रमा ६० जना छात्र छात्राको सहभागिता रहेको थियो ।

समाजमा सकरात्मक परिवर्तन ल्याउने उदेश्यले लेडी जेसिजले बिभिन्न समयमा यस्ता प्रकारका सचेतना मूलक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
बिद्यालय स्तरबाट गरिने कुनै पनि कार्यक्रम प्रभावकारि हुने हुदा यस्ता प्रकारका कार्यक्रमहरु जेसीजले आउदा दिनहरुमा पनि ल्याउने लेडी जेसीजकी अध्यक्ष सिता रसाईलीले जानकारी दिनु भयो ।
महिला अधिकारकर्मी तथा कानुन व्यवशायी मौसम राईले सहजिकरण गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता सिता रसाईलीले गर्नु भएको थियो भने कार्यक्रमको संयोजक दुर्गा खड्का आचार्यले गर्नु भएको थियो ।

अन्तरवार्ता

थप...