free webpage hit counter उर्लाबारीमा नब्याएको गाईले दैनिक ४ लिटर दूध दिनथाले पछि - RatoKalam.com is No one news portal.

उर्लाबारीमा नब्याएको गाईले दैनिक ४ लिटर दूध दिनथाले पछि

उर्लाबारी २६ साउन । पत्याउनु होस या नपत्याउनु होस । मोरङको उर्लाबारी–८दुर्गापुरीका ७८ वर्षीय देवीप्रसाद लामछिानेले पालेको कोरलीले दैनिक विहान बेलुका २/२ लिटर दूध दिइरहेको छ । लामिछानेले १ वर्ष यता नब्याएको कोरली दोएर दूध खाई रहेको बताउनु भयो ।

३ वर्ष उमेर पुगेको कोरली गाईले गत वर्षको असार देखि दूध दिन थालेको लामिछानेले बताउनु भयो ।लामिछानेका अनुसार घरकै माउबाट जन्मिएको कोरलीले ८ महिनाको हुँदै साँडे खोजेको थियो ।प्राविधिकलाई बोलाएर परामर्श लिँदा कलिलो उमेरमा साँडे नलगाउनु भनेपछि त्यतिबेला उहाँले साडे लगाउनु भएन । उहाँले भन्नुभयो–‘त्यसपछि १८ महिना सम्म कोरलीले साँडे खोजेन । पुन पशु स्वास्थ्य सहायक श्यामनन्द यादवसँग परामर्श लिँदा उहाँले केही औषधि दिनुभयो । त्यो औषधि खुवाएपछि गाई कम्लायो ।’लैनोगाई जस्तै गरी गाईको फाँचोमा दूध भरिएपछि फेरी यादवसँग परामर्श लिएँ । उनले अब गाई दोएर दूध खानुहोस भनेपछि हामीले गाई दूहुन थालेका हौं ।
सुरुको पहिलो हप्ता बिगौती खायौं । त्यसपछि नियमित दूध दोएर खाइरहेका छौं । घाँस, खोले,कुँडोको ब्यवस्थापन हुँदा दैनिक ६ किलो सम्म दूध दोएको देबीप्रसादकी जहान नरमायाले बताउनु भयो ।
यता वरिष्ट पशु चिकित्सक डाक्टर लेखराज दाहालले प्रत्येक १० लाख गाईमा एउटा कोरली नब्याइकन दूध दिने देखिने गरेको बताउनु भयो । खासगरी जर्सी र होलस्टेन जातका गाईले अप्राकृतिक ढङ्गले दूध दिने गरेको भारतमा पनि पाइएको छ । दूध आउने प्रक्रिया अप्राकृतिक भएपनि दूध भने प्राकृतिक नै हुने भएकोले अरु गाईकै सरह खान सकिने उहाँको भनाई छ । हर्मोनमा आएको परिवर्तनले दूध आएपनि पशु विज्ञानमा यस्तो घटना कमै हुने गरेको डाक्टर दाहालले बताउनु भयो ।

अन्तरवार्ता

थप...