free webpage hit counter उर्लाबारी मेयर कपको उपाधि वडा नंं ६ लाई(फोटो फिचर) - RatoKalam.com is No one news portal.

उर्लाबारी मेयर कपको उपाधि वडा नंं ६ लाई(फोटो फिचर)

उर्लाबारी। मोरङको उर्लाबारीमा सञ्चालित मेयर कप फुटवलको उपाधि वडा नं. ६ ले जितेको छ ।
उर्लाबारी – ६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाईनल खेलमा वडा नं. ९ लाई टाईब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै वडा नं. ६ ले उपाधि जितेको हो । यसअघि निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । उपाधिसँगै वडा नं. ६ ले नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेतामा सिमित वडा नं. ९ ले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको सर्वोत्कृष्ट खेलाडी रुद्र कार्की भए । उनले नगद १० हजार पाए । बेष्ट कोच विजेता टिम
उर्लाबारी वडा नं. ६ का प्रविण राई भए । वेष्ट गोलकिपर धिरज चौधरी, बेष्ट डिफेन्डर एकराज बुढाथोकी, बेष्टमिडफिल्ड बुद्ध तामाङ, बेष्ट फरवार्ड रोवर्ट घिमिरे र सर्वाधिक गोलकर्ता दिपेन खड्का भए ।
विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पुरस्कार विवरण गरेका थिए ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता गत फागुन १९ गतेदेखि सञ्चालन भएको थियो ।
फाइनल खेलको सञ्चालन क्लबका सचिब भीष्म बुढाथोकीले गरेका थिए ।

पत्रकार विजय धिमालले खिचेको तस्बिरहरु

पत्रकार विजय धिमालले खिचेको तस्बिरहरु

अन्तरवार्ता

थप...