free webpage hit counter एभरेष्ट बैंकमा बेथिती बढ्यो, कारवाही गर्ने निकाय नेपाल राष्ट्र बैक मुुकदर्शक मात्र - RatoKalam.com is No one news portal.

एभरेष्ट बैंकमा बेथिती बढ्यो, कारवाही गर्ने निकाय नेपाल राष्ट्र बैक मुुकदर्शक मात्र

काठमाडौं, २६ फागुुन । भारतको पञ्चाव नेशनल बैंकको समेत प्रमुुख सेयर लगानी रहेको एभरेष्ट बैंकमा बेथिती बढेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष बिके श्रेष्ठले बैंकलाई व्यक्तिगत सम्पती जस्तो गरी चलाउँदा बैंकमा चरमरुपमा बेथिती बढेको छ ।

तर, यति हुंदा पनि कारवारी गर्नुुपर्ने सर्वोच्च निकाय नेपाल राष्ट्र बैंक एभरेष्ट बैंकमा भएको बेथिती प्रति मुुक दर्शक बनेर बसेको छ, श्रोतले भनेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल, डेपुुटी गर्भनरहरु एर्व राष्ट्र बैंकका बिभागीय प्रमुुहरुले एभेष्ट बैंकमा भएको बेथितीको बारेमा देखेर पनि नदेखे जस्तो गरी बसिदिंदा समस्या उत्पन्न भएको हो, श्रोतले भनेको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले कारवाही स्वरुप एभरेष्ट बैंकको लाभांस रोकेर बढी अनुपातमा रहेको संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण गर्न दवाव दिएपनि त्यो पर्याप्त नहुंदा बैंकको बित्तीय अवस्था समेत खस्किदै गएको दावी श्रोतले गरेको छ ।

केही सञ्चालकहरुले आफनो सेयर लगानी रहेको भन्दै मनपरी ढंगले बैंकलाई चलाउँदा बैंकमा रहेको सर्वसाधारण नेपाली नागरिकको अर्बो रुपैयाँ निक्षेप एवम सेयर समेत डुुब्ने खतरा बढेको लगानीकर्ताहरु बताउँछन । यो अवस्थामा राष्ट्र बैकले यथासक्य छिटो हस्तक्षेप गरेन भने एभरेष्ट बैंकको बित्तीय प्रणालीमा केही समस्या देखिन सक्छ, उक्त श्रोतले भनेको छ ।

भारतीय लगानी रहेको बैंक भन्दै गर्भनर डा. नेपालले चुुपचाप बस्नुले पनि समस्या झन बल्झिदैं गएको छ । यसले नेपाली लगानीकर्ताको पुँजी डुब्ने निश्चित छ । स्मरण रहोस केहीमहिनाअघि राजेन्द्र खेतानको मेजर शेयर भएको लक्ष्मी बैंकसँग मर्जर गर्ने भनी हल्ला चलाएको एभरेष्ट बैंक आफैं कारबाहीमा परेपछि मर्जर तुहिएको छ ।

यही बिचमा राष्ट्र बैंकले एभरेष्टको लाभांस रोक्का गरेपछि भारतीय व्यवसायी एवं एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले बाध्य भएर एक अर्ब ९९ करोडको (करिब २ अर्ब) शेयर बिक्री गरेको खुलेको देखिन्छ ।

बैंकका प्रमुुख कार्यकारी अधिकृत सोमेश्वर सेठ आएपछि बैंकको बित्तीय अवस्था निकै नै खस्किएको छ । बैंकको प्रतिकित्ता सेयर मुल्य पनि पछिल्लो समय निकै नै घटेर पाँच सय १८ रुपैयाँमा झरेको छ । यदि राष्ट्र बैकले एभरेष्ट बैंकलाई बेलैमा कारवाही नर्गने हो भने सेयर मुल्य अझै घट्न सक्ने देखिन्छ ।

अन्तरवार्ता

थप...