free webpage hit counter एभरेष्ट बैंकमा यता पनि तनाव कर्मचारी आन्दोलनमा निस्किए - RatoKalam.com is No one news portal.

एभरेष्ट बैंकमा यता पनि तनाव कर्मचारी आन्दोलनमा निस्किए

काठमाडौं । एभरेष्ट बैंकका अनेक घटनाहरु सार्वजनिक भइरहेकाछन् ।

पछिल्लो समय विभिन्न माग राखी एभरेष्ट बैंकमा कर्मचारी युनियनले आन्दोलन शुरु गरेकाछन् ।

एभरेष्ट बैंकको लुट प्रदाफास भइरहेका बेला अर्को तनाव थपिएको हो ।

सेवा सुविधा नबढाएको, आ–आफ्नो मान्छेलाई राम्रो ठाउँमा सरुवा गरेको, बैंक भित्र काम गर्ने वातावरण नभएको भन्दै बैंक कर्मचारी यूनियनले आन्दोलन चर्काएको हो ।

 

गत ६ तारिकदेखि १० तारिक नेपाल भ्रमणमा आएका पञ्जाब नेशनल बैंकका कार्यकारी अध्यक्षको स्वागत गर्न होटल देखि बैंक सम्म सम्पूर्ण नेपाली कर्मचारीलाई विहान ७ बजेदेखि राती १० बजेसम्म खडेबाबा बनाएको एक कर्मचारीले बताए ।

केही दिन देखि शुरु कर्मचारी आन्दोलन भए पनि राष्ट्र बैंकले एभरेष्ट बैंक सुधारमा कुनै पहल गरेको छैन ।

एभरेष्ट बैंकमा बैंकका सदाबहार अध्यक्ष विके श्रेष्ठको पारिवारिक शेयर बैंकमा छ ।

हुँदै नभएको होटलको नाममा, छोरीको नाममा समेत शेयर राखेर विकेले ५०५ भन्दा बढी शेयर राखी लुट मच्चाए पनि राष्ट्र बैंक मौन छ । कारण के हो ? यसको उत्तर अब गर्भनर डा.चिरन्जीबी नेपालले दिनु जरुरी देखिन्छ ।

अन्तरवार्ता

थप...