free webpage hit counter कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन - RatoKalam.com is No one news portal.

कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन

रुपन्देही,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले कानून ्िवपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित साक्षात्कारमा उहाँले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । “मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि रोकिने होइनन, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “कानून विपरीत गतिविधि गर्न कसैलाई छुट छैन ।”नेता महतले सङ्गठनात्मक कमजोरीका कारण पार्टीमा समस्या रहेको उल्लेख गर्नुभयो ।

अन्तरवार्ता

थप...