free webpage hit counter कुञ्जीबारीको ठुली पाथीभरा मन्दिरमा सर्वसाधरणको घुईचो - RatoKalam.com is No one news portal.

कुञ्जीबारीको ठुली पाथीभरा मन्दिरमा सर्वसाधरणको घुईचो

झापा, १ चैत्र ।
झापाको गौरिगञ्ज गाँउपालिका वडा नम्बर २ स्थीत विरपुरमा स्थानीय दाताहरुले प्रदान गरेको ६ कठ्ठा जग्गामा ठुली पाथीभरा माताको प्रतिकका रुपमा स्थानियले मन्दिर निर्माण गरेका छन ।
पुर्व शिक्षक समेत रहेका स्थानिय नारायणवहादुर कार्कीको अध्यक्षतामा भएको मन्दिर निर्माण तथा व्यवस्थापन समितिले २०७२ साल देखि निर्माण शुरु गरेको थियो । मन्दिर निर्माण तथा जग्गा दान गर्ने दातालाई सम्मान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा करिव २ सय दातालाई सम्मान पत्र तथा दोसल्ला पहिर्याएर सम्मान गरिएको थियो ।
मन्दिर निर्माण तथा व्यवस्थापन समितिले गौरिगञ्ज गाँउपालिकाका अध्यक्ष वावुराजा श्रेष्ठ तथा उपाध्यक्ष दिपेन्द्र थापाको विशेष आतिथ्यमा सम्मान कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा मन्दिरलाई ६ कठ्ठा जग्गा दान गर्ने कुमारी सापकोटा, दमकका पदमप्रसाद सापकोटा, गौरादहका धनवहादुर विष्ट र खेम प्रसाद पौडेललाई सम्मान गरिएको थियो । उनिहरुले ठुलि पाथीभरा माता सरि माता गुरु शत्तिपिठका नाममा जग्गा तथा नगद दान गरेका थिए ।


सो कार्यक्रममा गौरिगञ्ज गाँउपालिकाका अध्यक्ष वावुराजा श्रेष्ठले जिल्ला प्रशासन कार्यलय झापामा दर्ता भएको मन्दिरको प्रमाण पत्र समितिका अध्यक्ष नारायणवहादुर कार्कीलाई हस्तान्तरण गरे । उनले, प्रमाण पत्र हस्तान्तरण गर्दे भने, ‘गौरिगञ्ज गाँउपालिकाको आगामी निति तथा कार्यक्रमबाट कम्तिमा ५ लाख रुपैयाँ शक्तिपिठको पुर्वाधार निर्माका लागि विनियोजन हुन्छ ।’ उनले थपे, ‘हुलाकी राजमार्ग संग जोडिएको शक्तिपिठलाई धार्मीक पर्यटकिय क्षेत्रका रुपमा विकसीत गर्न स्थानिय सरकार तयार छ ।’

सो सत्तिपिठमा यतिवेला सर्वसाधरणको घुईचो लाग्ने गरेको छ । पाथिभरा माताको रुप स्थानिय प्रल्हाद सापकोटाले धारण गरेपछि शत्तिपिठमा जाने सर्वसाधरणको घुईचो लागेको हो । झापा लगायत पुर्वका जिल्लाबाट सर्वसाधरण आउने गरेको मन्दिर विकास समितिका अध्यक्ष नारायणवहादुर कार्कीले वताए । शनिवार र मंगलवार ठुलो भिड लाग्ने गरेको कुन्जीबारी दक्षीणको मन्दिर हुलाकी राजमार्ग संग जोडिएको छ । स्थानियले चिकीत्सकले उपचार सम्भव नहुने भन्दै घर फर्काईएका विरामी सो शत्तिपिठमा पुगेपछि निको हुने गरेको वताए ।
‘शत्तिपिठमा निको हुने विरामी सहजै निको हुन्छन । स्थानियले भने, यहाँ सम्भव नहुने विरामी अस्पताल लैजानुपर्ने माता गुरुले भनिदिनुहुन्छ ।’ कयौपटक अस्पताल गएरपनि निको नभएका विरामी शत्तिपिठमा आए निकोहुने स्थानियको विस्वास छ । पाथीभरामा वोका, कुखुरा, हाँस लगायत पशु पंक्षीको वलिको भाकलभए उक्त शक्तिपिठमा वलि चढाउने गरिएको छ ।


पुर्ववाट आउने भक्तजन दुधे झिलझिलेवाट कुञ्जीबारी हुुदै शत्तिपिठमा पुग्नेगरेका छन भने पश्चिमबाट आउने भत्तजन दमक पाडाजुँगी गौरादह वैगुनधुरा हुदै सो शत्तिपिठमा पुग्ने गरेका छन ।

अन्तरवार्ता

थप...