free webpage hit counter केहि भन्नु छ भन्ने त्यो वाक्य समग्रमा अदृश्य र अधुरो रह्यो - लक्ष्मी वस्नेत - RatoKalam.com is No one news portal.

केहि भन्नु छ भन्ने त्यो वाक्य समग्रमा अदृश्य र अधुरो रह्यो – लक्ष्मी वस्नेत

भन्दै हुनुहुन्थ्यो क.बालक (पदम चौलागाई) “आज पनि मैले (हामीले) मृत्युलाई
जित्यौं भने तपाईसग केहि भन्नु छ “।

उहाले बारम्बार मृत्युलाई जित्नुभएको थियो। चाहे त्यो सिन्धुपाल्चोकको हैबुङमा जिल्लाकै पहिलो सहिद क. गोविन्द घले ढल्दा पुलिसलाई छक्याएर हत्कडिसगै उम्कन सफल हुदा होस ,सिपा बडारे वा भोटेचौरको घटनामा काधमा गोलि लागेर पनि मृत्युलाई जित्न सफल हुनुभएकोले आज पनि उहाले मृत्युलाई जित्नु थियो तर मृत्युले जितेको पल थियो त्यो।

२०५५ फागुन २१ गतेको अन्तिम जस्तै क्षणको याद अभिव्यक्त गरौं कि ? (मैले त्यस कुरालाई गम्भीरता पुर्वक लिईन किन भने हामि प्रहरीको घेराभित्र थियौ त्यो दिन ,बाहिरबाट पुलिसले धम्किको भाषामा भन्दै थियो को को छस बाहिर आइज….म भित्रबाट भनिरहेको थिए हिम्मत छ भने भित्र आइज…..यतिकैमा मैले माईनिंग पड्काउने तयारी गरे तर …..बिफल भए ,किनकी माइनिङ्मा ब्याट्री सकिएको रहेछ ..पुनः कम्बरमा भिरेको ग्रीनेट पुलिसलाई लक्षित गर्दै हाने ,केहि हच्कियो त्यहि मौका छोपे ,आफैले लगाएको जुत्ताले हाने,उ डरले अझै पर गयो म हामफाले,त्यसपछि पुरै शक्ति मलाई खेद्न लाग्यो …तातो अनुभूति… दुबै कान हात बाट राइफलको गोलि पारहुदै थियो। मैलै सबै पार गरे …जब म मेलम्ची खोला तरेर पारीपटि पुगे फेरी फर्केर हेरे बाकि साथीहरु ….ठूलो आवाज आयो मनले हरेस खायो ,तर बेखबर साथीहरु ,म भाग्दैथिएं ! …

त्यहि आवाजको कारण केहि त भयो ….भन्ने शंकाले काका आफन्तको बिहेबाट घटनास्थल जादै हुनुहुदो रहेछ (भाग्दै थिए) कसैले मलाई जोडले समात्यो ,छोरी !! ९ महिना भएको थियो।मलाई मेरो परिवारले नभेट्नूभएको ,बरु म मरु छोड्दीन तलाई भन्दै …नजिकै आफन्तको घरमा लगेर लुकाउनुभयो ,केहिछिन पछी दिदी आउनुभयो,कसरी लुकाउने योजना बन्यो म पुरै गलिसकेको थिए न खाएको २० घण्टा जती भैसकेको थियो जीउभरी चोट….लुगा फेरीदिनुभयो,साझभयो ,अर्को घर सारियो ,बाटोमा पुलिसको फौजसग जम्काभेट तर मलाई चिनेन ।भाउजु र दिदीले छोप्नुभएको थियो ।

म बेखबर थिए अरुसाथीहरुको बारेमा ..रात अनिदै बित्यो ….भोली भयो थाहै पाईन म समय मिलाएर भाग्ने दाउमा थिए ,१२ बजेतिर भाउजूले मनै अमिलो बनाउदै …..कसैको सहादतको खबर सुनाउनु भयो ….झ्यालबाट हेरे पारीबाट धेरै मानिसको ताति सहित ….तलतिर झर्यो त्यही भिडमा उहि महान सहिदको …पार्थिव शरिर रहेछ।जसले मलाई बाचे भने केही भन्नुछ भन्नुभएको थियो …..म पुन: शिथिल भए …बाकि साथीहरुको पत्तो भएन।म पुरै अचेत अवस्थामा थिए भाउजुहरु कुरेरै बस्नुभएको थियो ।

खबर परिवारमा पुग्यो मलाई केहिदीन मेलम्ची बजारमा राखियो जहाँ पुलिस मलाई खोजिरहेको थियो सगै जोडिएको घरमा म थिए ,हिड्न सक्ने भएपछि काठमांडौ ल्याईयो, दाजुहरुको साथमा मितेरी अस्पतालमा बेला बेला जाच गर्दै …..फेरी म काठमांडौ सग परिचीत भएं , प्रदर्शनी मार्गको रत्नराज्य क्यम्पस अध्ययन गर्नजाने बहानामा सगठनको सम्पर्क खोजे …जहा देबि ब.थापा,पुष्प बस्नेत लगायत सुदुरपश्चिमकी छोरी क.बीना मगर आदि साथीहरुसग भेट भयो र शहरी राजनितिको रहनसहनमा घुलमिल भो …।।।।। महान सहिद क.बालकले मृत्युलाई जित्नु त भयो तर केहि भन्नु छ भन्ने त्यो वाक्य समग्रमा अदृश्य र अधुरो रह्यो ….महान सहिद लालसलाम !!

अन्तरवार्ता

थप...