free webpage hit counter क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको नाममा सहयोगी सस्थाको आखामा छारो हाल्दै आयोजक - RatoKalam.com is No one news portal.

क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको नाममा सहयोगी सस्थाको आखामा छारो हाल्दै आयोजक

कुमार खड्का चैत १, पथरी ।
प्रथम मोरङ जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता नाम दिएको खेलमा २ वटा क्याम्पस र २ वटा निजि विध्यालयको सहभागिता जनाएर खेल समापन गरिएको छ ।
गत फागुन २६ गते आयोजित पत्रकार सम्मेलनमा मोरङका ६ वटा क्याम्पसको सहभागिता रहने भनेर आयोजक “किँरात राई खेलकुद संघ मोरङ” ले जानकारी गराएको भता पनि खेल हुने दिन पथरीमा रहेको २ वटा निजि विध्याललाई खेलमा सहभागी गराई खेल समापन गरेको छ


आयोजकले सहयोगी सस्था र स्थानिय सरकारलाई मोरङ जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता भनेर प्रपोजल हालेर सहयोग माग गरेको भएता पनि अन्त्यमा आएर त्यसो नगरेर सार्वजनिक सुचना समेत जारी नगरी खेलको मर्यादा भन्दा फरक ढंगवाट खेल सञ्चालन गरि सहयोगी सस्थाहरुको आखाँमा छारो हाल्ने र रकम निकाशा गर्न खोजेको देखीएको छ ।
क्याम्पस स्तरिय प्रतियोगिता नाम दिएको सो प्रतियोगितामा पथरीमा रहेका २ वटा निजी विध्यालय एभरेष्ट र रेडस्टारलाई मौखीक जानकारी गराई खेलमा सहभागिता जनाई दिन आग्रह गरेको तर कुन स्तरको खेल हो भनेर स्पष्ट जानकारी नदिएको दुवै विध्यालयका निर्देशकले वताएका छन् ।
सहभागिताका लागि मात्र आफुहरुलाई उपस्थिीति जनाई दिन आयोजकले अनुरोध गरेकाले आफ्नो विध्यालयको सहभागिता रहेको उनीहरुको भनाई रहेको छ ।
मार्यादा विपरित सम्पन्न भएको सो प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाएका स्थानिय सरकार प्रमुखहरु भने यो खवर सुनेर आश्र्चय चकित परेको वताए ।
संघले सहयोगका लागि पत्र पठाएका स्थानिय सरकारहरु पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका प्रमुखले खेलको नियम विपरित सञ्चालन भएको प्रतियोगीतामा आफूहरुले कुनै प्रकारको सहयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
खेल सञ्चालनका लागि लाग्ने खर्च मध्ये सहयोगका लागि पथरीशनिश्चरे नगरपालिकामा २५ हजार र रतुवामाई नगरपालिकामा १० हजार रुपैयाको प्रपोजल पेस गरेको“किँरात राई खेलकुद संघ मोरङ” जिल्ला अध्यक्ष निता राईले वताईन् ।
अन्य सहयोग व्यक्तिगत रुपमा र काठमाण्डौमा रहेको रिक्यालस कम्पनीले १९ हजार सहयोग गरेको उनले वताईन जुन रकम खेल सुरु हुनु भन्दा अगावै खर्च भईसकेको छ ।
१ लाख ७० हजार अनुमानित खर्च आँकलन गरिएको सो प्रतियोगितामा पुरस्कारमा पहिलो राशि १५ हजार र दोस्रो राशि १० हजार खर्च गरिएको छ भने एउटा स्पिीकर वक्स भएको साउण्ड सिस्टमा ६ हजार र स्टेजमा १५ हजार खर्च भएको कुलुङले वताईन ।
पूर्व निर्धारित खेल तालिकामा समावेश भएका कुनै समुह उपस्थित नभएको खण्डमा उपस्थित भएका समुह हरु विच नै प्रतियोगिता गराउनु पर्ने अन्तर्राष्ट्रिय प्रशिक्षण लेभल कोच दोस्रो तहका प्रशिक्षक अञ्चल धिमालको तर्क छ ।
हिजो सम्पन्न खेलमा उर्लाबारी क्याम्पसले पथरी बहुमुखी क्याम्पसलाई २५—१४, १८—२५ र २६—१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो ।

अन्तरवार्ता

थप...