free webpage hit counter गीतकार दिलिप योञ्जन तामाङको दमदार गीत ‘मुहारै राम्रो ’भिडियो सहित - RatoKalam.com is No one news portal.

गीतकार दिलिप योञ्जन तामाङको दमदार गीत ‘मुहारै राम्रो ’भिडियो सहित

आर पोखरेल, काठमाडौं,
सर्वाधिक लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा सजिएको डान्सिङ गीत ‘मुहारै राम्रो ’गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जनद्धारा लिखित आफनै छायाँले गीतमा समावेश भएको अर्को सर्वोकृष्ट गीत बजारमा आएको हो ।
आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरा लाई गीतमा समावेश गरिएको छ ।मायालुको हसिलो मुहार र नशालु आखाँको कारण प्रणय सुत्रमा बाँधिन सफल भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
अमेरिकामा बसोबास गरिरहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङको गीतमा शब्द तथा गीतमा राजेश थापाको संगीत रहेको छ । गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको एरेन्ज साहस शाक्यले गरेका हुन । गीत जति उत्कृष्ट छ, भिडियामा पनि उतिकै प्रस्तुत गरिएको छ ।
रोनिश तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देश भिडियोमा रहेको छ । ‘मुहारै राम्रो ’ गीतमा एकान्त मगर र खुशिका मग्ररातीको फिचरिङ रहेको छ ।
‘मुहारै राम्रो ’ गीतको भिडियो हेर्नुहोस ।

अन्तरवार्ता

थप...