free webpage hit counter गैर आवासीय नेपाली संघ मलेशियाले नयाबर्ष मनायो। - RatoKalam.com is No one news portal.

गैर आवासीय नेपाली संघ मलेशियाले नयाबर्ष मनायो।

रातोकलम अनलाइन।
क्वालालम्पुर,बैशाख-१

गैर आवासिय नेपाली संघ मलेसिया ले नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै क्वालालम्पुर स्थित होटेल ग्राण्ड मा एक कार्यक्रम को आयोजना गरी मनाएको छ। संघ मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने को सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

आगामी बैशाख ६ गते देखि हुने आठौ रास्टिय खेलकुद मा गैर आवासिय नेपाली संघ मलेसियाको तर्फबाट सहभागी हुने खेलाडी हरु लाई पनि सोही कार्यक्रममा जितको लागि शुभकामना दिदै उपस्तिथि सबैले बिदाई गरेको छ। कराते तर्फ सहभागी हुने नोर्बु बम्जन तामाङ र अन्तरास्ट्रिय निर्णायक तथा प्रशिक्षक योगेन्द्र कोइराला लाई खादा र टोपी लगाएर बिदाई गरिएको छ।

आगमी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडीहरु सहभागी हुँदै छन।

अन्तरवार्ता

थप...