free webpage hit counter चारआली जेसीजका कोषाध्यक्षको जन्मदिनमा बालबालिकालाई फलफुल - RatoKalam.com is No one news portal.

चारआली जेसीजका कोषाध्यक्षको जन्मदिनमा बालबालिकालाई फलफुल

बाहुनडाँगी । चारआली जेसीज वर्ष सन् २०१९ का कोषाध्यक्ष वीरु बेघाले आफ्नो जन्मदिनमा बालबालिकालाई फलफूल प्रदान गरेका छन् ।
आफ्नो ३१ औं जन्मदिनको अवसरमा मंगलबार उनले स्वबोध साधना केन्द्रका बालबालिकालाई फलफूल प्रदान गरेका कार्यक्रम संयोजक सुस्मिता श्रेष्ठले बताइन् ।
बेघाले केन्द्रको बाल आश्रममा आश्रित बालबालिकालाई करिब २५ सय रुपैयाँ मूल्य बराबरका फलफूलसहित केन्द्रलाई नगद हस्तान्तण गरेका थिए । चारआली जेसीज वर्ष सन् २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवालको अध्यक्षतामा मेचीनगर ९ स्थित केन्द्र परिसरमा आयोजित कार्यक्रमको औचित्य बारे बेघाले प्रष्ट्याएका थिए ।
सो अवसरमा चारआली जेसीजजका पूर्व अध्यक्ष तीर्थ घिमिरे, धनबहादुर तामाङलगायतले जेसिज अभियानमा सक्रिय बेघाको जन्मदिन मनाउने शैली प्रेरणादायी रहेको प्रतिक्रिया दिए ।
चारआलीमा सञ्चालित सनराइज अफसेट प्रेसका सञ्चालक रहेका बेघा सामाजिक कार्यमा समेत उत्तीकै सक्रिय युवा हुन् ।

अन्तरवार्ता

थप...