free webpage hit counter जिफन्ट सपोर्ट ग्रुप मलेशिया द्वारा नवनियुक्त राजदुत लाई स्वागत तथा भेटघाट। - RatoKalam.com is No one news portal.

जिफन्ट सपोर्ट ग्रुप मलेशिया द्वारा नवनियुक्त राजदुत लाई स्वागत तथा भेटघाट।

रातोकलम अनलाइन,

क्वालालम्पुर,चैत-१२

प्रबासी नेपाली श्रमिक संघ (मजदुर संगठन) जिफन्ट सपोर्ट ग्रुप मलेशिया ले मलेशियाका लागि नव नियुक्त महामहिम राजदुत उदय राज पाण्डे लाई भेटघाट तथा स्वागत गरेको छ।नब नियुक्त राजदुत महामहिम पाण्डे लाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित स्वागत गरेका हुन।कार्यक्रम नेपाल दूतावास मलेसिया कलालम्पुर को सभाहलमा भएको हो।

मलेशियाको हकमा समस्यामा परेका नेपाली श्रमिकहरुको पक्षमा निरन्तर कानुनी उपचार र भइ परी आएको दुखमा लामो समय देखि समन्वय र उद्दारका काम गर्दै आइरहेको छ।संगठनका संयोजक बेद कुमार खतिवडा, अध्यक्ष प्रेम कुमार मगर, उपाध्यक्ष हरिमाया तामाङ, सचीव तेम्बा शेर्पा, कोषाध्यक्ष तुल आले मगर लगायत इपो, पोटकेलाङ, केलाङ सालम, सिर्मुडा बान्तिङ लगायत धेरै राज्य समितिहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो।

उक्त स्वागत तथा भेटघाट कार्यक्रमा मलेशियामा श्रम गरिरहेका नेपाली महिलाहरुको समेत बाक्लो उपस्थित रहेको थियो। कार्यक्रममा संगठनको तर्फबाट संयोक बेद कुमार खतिवडा, अध्यक्ष प्रेम कुमार मगर, सचीव तेम्बा शेर्पा र छात्र राज घिसिङ लगायतले शब्द द्वारा कार्य सफलताको शुभकामना ब्यक्त गरेका थिए।

अन्तरवार्ता

थप...