free webpage hit counter झापाका कार्कीको मलेशियामा निधन। - RatoKalam.com is No one news portal.

झापाका कार्कीको मलेशियामा निधन।

रातोकल अनलाइन,
मलेसिया / मार्च १४

मलेसियाको सेलेङगर राज्य स्थित शाह अालम सेक्सन १६ मा पानासोनिक ईन्ड्रस्टल एड्भाईज कम्पनीमा बिगत सात वर्षदेखि कार्यरत झापा बुद्धशान्ति ४ स्थित घर भई हाल झापाको दमकमा बस्दै आएका तिर्थराज कार्कीको निधन भएको छ।
केही दिन अघि काम गर्दै गरेको अवस्थामा एक्कासि बेहोस भएका कार्की लाई उपचारार्थ स्थानीय अस्पतालमा लगिएको थियो। टाउकोमा समस्या देखिएका उनलाई तत्काल अपरेसन गर्नु पर्ने डाक्टरले बताएका थिए। अपरेसन गर्नु पर्ने भएकोले नेपाल बाट श्रीमती समेत अाएका उनको उपचारकै क्रममा अस्पतालमै मृत्युु भएको हो। उनको शव अहिले शाहअालम अस्पतालमा रहेको र नेपाल पठाउनको लागि आवश्यक कागजात तयार गरिरहेको सोही कम्पनीमा कार्यरत सिर्जना कार्कीले बताउनुभएको छ।

अन्तरवार्ता

थप...