free webpage hit counter झापामा स्थानिय तह स्तरिय भलिवल हुने - RatoKalam.com is No one news portal.

झापामा स्थानिय तह स्तरिय भलिवल हुने

झापामा स्थानिय तह स्तरिय भलिवल हुने
झापा, चैत २२ ।
झापाको शिवसताक्षीमा जिल्लाका स्थानियतह स्तरिय भलिवल प्रतियोेगिताहुने भएको छ ।
शिवसताक्षी भलिवल क्लव र सतासीधाम जेसीजको संयुक्त आयोजनामा अघिल्लो वर्ष भन्दा पुरस्कारको राशि थप्दै दोश्रो संस्करणको भलिवल प्रतियोगिता हुन लागेको शुक्रवार दुधेमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।
अघिल्लो वर्ष विजेताले ५१ हजार पुरस्कार पाएको थियो । झापामा भलिवल खेलाडी उत्पादन र उनिहरुलाई प्रत्साहन गर्ने उद्धेश्यले शिवसताक्षी नगरमा गत वर्षदेखि भलिवल प्रतियोगिता हुदै आएको छ । शिवसताक्षी नगरको दुधे खेल मैदानमा वैसाख ३ गते देखि ७ गते सम्मसो प्रतियोगिताहुने खेल संयोजक राजु श्रेष्ठले वताए ।
प्रतियोगितामा झापाका पन्ध्र वटै स्थानिय तहको सहभागिता रहने छ । विजेताले ७५ हजार, उपविजेताले ४५ हजार, तृतिय हुनेले २० हजार र सान्त्वनाले १० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने आर्थीक समितिका सदस्य विनोद खरेलले जानकारी दिए । प्रतियोगिताका लागि आयोजकले ५ लाख खर्चहुने अनुमान गरेको छ ।

अन्तरवार्ता

थप...