free webpage hit counter तामाङ चलचित्र "ए विना" युएईमा प्रदर्शन हुँदै । - RatoKalam.com is No one news portal.

तामाङ चलचित्र “ए विना” युएईमा प्रदर्शन हुँदै ।

रातोकलम सम्बादाता,युएई

मार्च-१३

नेपाली कथानक चलचित्र संगसंगै जातिय चलचित्रहरु प्रवासमा प्रदर्शन गर्ने क्रम बढ्दो छ । तामाङ कथानक चलचित्र देन्बा माया पछि युएईमा दोस्रो पटक तामाङ भाषामा बनेको चलचित्र “ए विना” प्रदर्शन हुने भएको छ ।समसमायिक लभस्टोरी, एक्सन र परदेशीहरुको जिवनलाई चित्रन गर्न खोजेको उक्त चलचित्रमा विजय तामाङ, सुस्मा मोक्तान तामाङ, वसन्त लामा,धन बहादुर लामा लगायतका कलाकारहरुले अभिनय गरेको छ ।

संगीत फिल्मको ब्यानरमा तयार पारेको चलचित्र ए विनाको निर्देशन विजय तामाङले गरेका हुन भने निरोज लामा,धन बहादुर लामा र वसन्त लामाले निर्माण गरेको हो । काठमाडौं,पोखरा र युएई लगायतका ठाउहरुमा छायांकन गरेको यो चलचित्रको द्वन्द निर्देशन भने राजु किराँतीले गरेको हो । यस चलचित्रको गीतहरुमा भने गायिक वविता पाख्रिन र विशाल थिङको रहेको छ।

समसमायिक परदेशीहरुको कथा,लभस्टोरी र एक्सनले भरिपुर्न रहेको चलचित्र ए विना दर्शकश्रोताहरु मन पराउनेमा ढुक्क रहेको उक्त चलचित्रका नायक वसन्त तामाङले जानकारी गराएको छ । युएईको दुबई शहर स्थित नशा क्लबमा यहीँ आउदो अप्रिल ५ तारिखको दिन प्रिमियर शो गर्ने भएको हुदा सम्पूर्ण युएईबासीलाई फिल्म हेर्न अनुरोध समेत गरेको छ ।

अन्तरवार्ता

थप...