free webpage hit counter देवदह जेसीजको शाखा पदाधिकारी तालिम सम्पन्न - RatoKalam.com is No one news portal.

देवदह जेसीजको शाखा पदाधिकारी तालिम सम्पन्न

बाहुनडाँगी । देवदह जेसीज रुपन्देहीले शाखाका पदाधिकारी तथा सदस्यहरुको तालिम सम्पन्न गरेको छ । तालिममा शाखाका ३० जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई मुख्य प्रशिक्षकका रुपमा देवदह जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर विजय गुरुङ र दिनेश खड्काले प्रशिक्षण दिनु भएको थियो ।
शाखा अध्यक्ष केशव अधिकारीको अध्यक्ष्ता तथा निरुपित राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा पूर्व अधयक्ष बालकृष्ण रिमाल, निवर्तमान अध्यक्ष विष्णु न्यौपानेलगायतको सहभागिता रहेको थियो । कार्यकारीणी उपाध्यक्ष दुर्गा दाहालले संयोजन गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव राजेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

अन्तरवार्ता

थप...