free webpage hit counter धिमाल जातिको जात्री पर्व सुरु - RatoKalam.com is No one news portal.

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्रि सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्रि पर्व मनाउछन् । नयाँ बर्षको आगमनसँगै सुरु हुने यो जात्रि पर्व सुरु हुने गर्छ । धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा हिजो मेला लगाएर जात्रीपर्व शुरु भएको छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर दिइन्छ । भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।

प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालहरुले यि समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदै मनाउदै आएको जनविश्वास छ ।

सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष बिजय धिमालले बताए ।

यो पर्वमा धरमठाकुर, लक्ष्मी, चौमाझी, बुढा ठाकुर लगायतको पूजा गरिने उनले जानकारी दिए । यस पर्वले धिमाल जातिमा आपसि सम्बन्धमा प्रगाण बनाउदै बन्धुत्वको भावना बिकास गराउने धिमाल अगुवाहरु बताउछन् ।
असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँ गाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमालहरु आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालहरुले दुख– बिराम निको होस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’,‘बगिया’ लगायतका परिकार खुवाउने पनि गरिन्छ ।
धिमालहरु वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति बिकास केन्द्रको परियोजनास्थलमा दुई महिना पश्चात साँस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ… आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

अन्तरवार्ता

थप...