free webpage hit counter नेपाल जेसीजको टोली ‘‘कानाजावा सम्मेलनमा’’ सहभागि हुन जापान प्र्रस्थान गर्दै - RatoKalam.com is No one news portal.

नेपाल जेसीजको टोली ‘‘कानाजावा सम्मेलनमा’’ सहभागि हुन जापान प्र्रस्थान गर्दै

देबु बानियाँ
बाहुनडाँगी । जेसीआइको जापानमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने नेपाल जेसीजको टोली आज राती ११ बजेर १५ मिनेटमा जापना प्रस्थान गर्दैछ । टोली त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट सोझै जापान प्रस्थान गर्नेछ ।
यहि फ्रेब्रुअरी २२ तारिख देखि २४ तारिख सम्म हुने कानाजावा सम्मेलनमा सहभागि हुनका लागि राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेल, नेपाल जेसीजका अन्तराष्ट्रि क्षेत्रका कार्यकारीणी उपाध्यक्ष जेसीआई सिनेटर रविन पोखरेल, राष्ट्रिय उपाध्यक्ष सिनेटर रुकमणि सिग्देल, इटहरी जेसीज वर्ष २०१९ का अध्यक्ष विनोद पौडेल, इटहरी जेसीजका पूर्व अध्यक्ष नवराज काफ्ले र इटहरी जेसीजका सदस्य सुदिप घिमिरेको टोली जापान प्रस्थान गर्न लागेको हो । जेसीआईको एसिया प्यासेफिकमा हुने यो पहिलो अन्तराष्ट्रिय सम्मेलन हो । उक्त सम्मेलनमा नेपाल जेसीजका तर्फबाट राष्ट्रिय अध्यक्ष सिनेटर पौडेलले नेपालमा भएका दिगो विकासका लक्ष्य तथा नेपालमा जेसीजको तर्फबाट भइरहेका विभिन्न प्रोजक्टहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्ने अन्तराष्ट्रिय क्षेत्रका कार्यकारीणी उपाध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलले बताउनु भयो । साथै दिगो विकासको वर्कसपमा सहभागि भइ सम्मेलनमा सिकेका विषयहरुलाई नेपाल जेसीजमा प्रयोग गर्दै थप उचाइमा लैजानका लागि यो सम्मेलन कोशेढुङ्गा सावित हुने सिनेटर पोखरेलले बताउनु भयो । नेपाल जेसीजको टोली फ्रबु्रअरी २६ तारिख नेपाल फर्कनेछ ।

अन्तरवार्ता

थप...