free webpage hit counter पथरीको रेडस्टार माविको २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समपन्न् - RatoKalam.com is No one news portal.

पथरीको रेडस्टार माविको २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समपन्न्

कुमार खड्का फागुन २९,पथरी ।
मोरङको पथरीशनिश्चरे २ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले मङ्गलबार विविध कार्यक्रमको आयोजना गरी २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।


वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधा, कक्षा, क्षेत्र र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरियो । त्यस्तै यस वर्षको उत्कृष्ट शिक्षकका रूपमा सनम गजमेर, कर्मचारी पर्वकुमारी राई र राजकुमार तामाङ, भूतपूर्व विद्यार्थी मनिस राईलाई पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक दिपेन्द्र धमलाले जानकारी दिनुभयो ।


सो कार्यक्रममा विद्यालयकी शिक्षिका सरिता भट्टराईद्वारा लिखित ‘सङ्कल्प’ नामक लघुनाटक समेत मञ्चन भएको थियो ।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिव दिननाथ तिम्सिना, नेपाल शिक्षक महासङ्घ पथरीशनिश्चरे नगर अध्यक्ष एवम् पञ्चायत माविका प्रधानाध्यापक अर्जुकुमार बुढाथोकी, वडाध्यक्षहरू यामप्रसाद गुरागाईँ, डम्बर चेम्जोङ, गोविन्द भण्डारी र सागर राईलगायतका विशिष्ट अतिथिहरू रहेको कार्यक्रममा विभिन्न साङ्गीतिक एवम् सांस्कृतिक खुराकहरू प्रस्तुत गरिएको थियो ।


कार्यक्रमको समापन सत्रमा सभापति एवम् विद्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले २१औँ शताब्दीमा प्रविधिमैत्री शिक्षा हुन जरुरी रहेको हुँदा त्यसतर्फ रेडस्टार क्रियाशील रहेको उनले उद्घोष गरे ।
वार्षिकोत्सवको अघिल्लो दिन विद्यालयले अभिभावकहरूबिच विभिन्न प्रतियोगितात्मक खेलहरूसमेत आयोजना गरेको विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले जानकारी दिए ।


पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई र विद्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले पानसमा बत्ती बालेर संयुक्त रूपमा उद्घाटन गरेकोे सो कार्यक्रम भव्य र सभ्यरूपमा सम्पन्न भएको थियो ।

अन्तरवार्ता

थप...