free webpage hit counter पथरीमा जारी वडा कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १ र ९ भिड्ने - RatoKalam.com is No one news portal.

पथरीमा जारी वडा कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १ र ९ भिड्ने

कुमार खड्का फागुन २४, पथरी
चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको शुत्रवारको खेलमा वडा नम्वर १ ले वडा नम्वर ८ लाई १ का विरुद्ध ३ गोल गर्दै फाईनलमा आफ्नो स्थान पक्का पारेको छ ।
गत फागुन १७ गते देखी सुरु भएको सो प्रतियोगिको अन्तिम चरणको सेमिफाईनल खेलमा वडा १ का लागि पहिलो गोल खेल सुरु भएको ४ मिनेटमै मन्दिप धिमालले गरेको थिए ।


त्यस पछि दवावमा राखेको वडा नम्वर १ ले खेलको ४६ औँ मिनेटमा दावा तामाङले गोल गर्दै नतिजालाई २–० वनाएका थिए भने जित सुनिस्चित गर्ने क्रममा खेलको ५३ औँ मिनेटमा सुमन राईले प्रहार गरेको वलले गोलको दिशा लिदा १ ले ३–० ले आफ्नो अग्रता कायम गरेको थियो ।
खेलको ५९ औँ मिनेटमा वडा नम्वर ८ का साधुराज राउतले १ गोल गरे जुन सान्तवना गोलका रुपमा कायम हुदा वडा नम्वर १ ले खेल ३–१ गोल अन्तरले आफ्नो पक्षमा पार्दै उपाधिका लागि फाईनलको यात्रा तय गरेको छ ।
फाईनल भोली शनिवार वडा नम्वर १ र ९ का विचमा दिउसो ३ वजे देखी हुने खेल संयोजक विकी राईले जानकारी दिएका छन् ।
आजको अन्तिम सेमिफाईनल खेलको म्यान अफ दि म्याच वडा नम्वर १ का विशाल पाण्डे घोषीत हुदै नगद १ हजार ५ सय ट्रफि हात पारेका छन् ।
बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
बिधागत बिजेताहरुले जनही २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्तरवार्ता

थप...