free webpage hit counter पथरीमा बैशाख २ देखी नगरस्तरीय फुटवल प्रतियोगीता हुने पहिलो राशी २० हजार - RatoKalam.com is No one news portal.

पथरीमा बैशाख २ देखी नगरस्तरीय फुटवल प्रतियोगीता हुने पहिलो राशी २० हजार

बैशाख १,पथरी
मोरङ्गको पथरीमा वैशाख २ देखी ९ गते सम्म नगरस्तरीय खुल्ला फुटवल प्रतियोगीता हुने भएको छ ।
यलम्वर युवा क्लवको आयोजनामा हुने प्रतियोगीतामा पथरीशनिश्चरे नगर भरिका ८ फुटवल क्लवको सहभागीता रहने भएको छ ।
फुटवल प्रतियोगीताको वारेमा शनिवार पथरीमा पत्रकार सम्मेलन आयोजना गरेर सो वारे जानकारी दिएको हो ।
प्रतियोगीताको विजेताले २० हजार १ सय ११ रुपयाँ ट्रफि,दोस्रो हुनेले १० हजार १ सय ११ र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगीताको विधागत रुपमा उत्कृष्ट किपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट फरवार्ड ,उदायमान खेलाडी र सर्वकृष्ट खेलाडी लाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलमा म्यानअफ दि म्याचको समेत व्यावस्था गरिने भएको छ । फाइनल खेलका दिन नेपाली राष्ट्रिय टिममा सहभागी पथरी नगरका ३ खेलाडीलाई सम्मान गरिने आयोजकले वताएको छ ।
सम्मानित हुनेमा पुर्व राष्ट्रिय खेलाडी दिपक राई,महिला फुटवलका राष्ट्रिय खेलाडी द्वय दिपा न्यौपाने र सरु सुव्वालाई समेत सम्मान गरिने भएको छ ।

अन्तरवार्ता

थप...