free webpage hit counter पथरीशनिश्चरे नगरको वजार अनुगमनमा २ दिनमा ३४७ व्यवसायको अनुगमन् - RatoKalam.com is No one news portal.

पथरीशनिश्चरे नगरको वजार अनुगमनमा २ दिनमा ३४७ व्यवसायको अनुगमन्

फागुन ३०,पथरी ।
मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै थालिएको बजार अनुगमन्का क्रममा दोस्रो दिन बुधवार सम्ममा ३४७ व्यावसायीक पसलको अनुगमन सम्पन्न भएको छ ।
नगरपालिकाको राजस्व परामर्श समितिको योजना अनुरुप थालिएको अनुगमन्का क्रममा वुधवार वडा नम्वर १ को पथरी बजार तथा ४ र ९ मा पर्ने शनिश्चरे बजारका २ सय ४ वटा पसल एवम् व्यवसायको अनुगमन् भएको छ
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, कार्यपालिका सदस्य निर्मला गदाल, अरुणा राई सहित ४ र ९ नम्वरका सदस्य, सुरक्षाकर्मी, नगर कर्मचारी, पत्रकार सहितको टोलीले अनुगमन् गरेको हो ।
अनुगमन्का क्रममा २ सय ४ वटा पसलमध्ये १ सय ४७ वटा पसल नगरपालिकामा दर्ता नभएको र १ सय ८२ वटा नविकरण नभएको पाइएको अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले वताईन ।
नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको छ ।
अनुगमन्को पहिलो दिन मंगलवार १ नम्वर वडामा पर्ने पथरी बजारमा १ सय ४३ पसल व्यवसायको अनुगमन् भएको थियो ।

अन्तरवार्ता

थप...