free webpage hit counter पथरीशनिश्चरे ६ नम्बरका कृषकलाई २ लाखको पानी तान्ने मोटर - RatoKalam.com is No one news portal.

पथरीशनिश्चरे ६ नम्बरका कृषकलाई २ लाखको पानी तान्ने मोटर

फागुन २९,पथरी ।
पथरीशनिश्चरे नगरपालिकाको कृषि उत्पादनको प्रवल समभावना बोकेको साविक हसन्दह हालको वडा नम्बर ६ का किसानहरुलाई वडाले २ लाख मुल्य वरावरको १२ थान पानी तान्ने मोटर वितरण गरेको छ ।
वडाको अधिकाश भुभाग खेतियोग्य जमीन रहेको छ तर सिचाईको असुविधाका कारण सोचे अनुसारको कृषि जन्य वस्तुको उत्पादन हुन सक्दा वडा वासीको आम्दानी सोचे जस्तो रुपमा वृद्धि हुन नसकिरहेको अवस्थामा कृषकहरुलाई आर्थिक समृद्ध वनाउन वडाले विभिन्न १२ वटा समुह वनाएर सो समाग्री वितरण गरेको वडा अध्यक्ष जय बहादुर तामाङले वताए ।
प्रधानमन्त्री कृषि परियोजनालाई सार्थक बनाउने उदेश्यलाई अझ टेवा पुर्याउदै सो मेसिन वितरण गरिएको बताइएको छ ।
२ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको कार्यक्रममा उपस्थित कृषकहरु वडाले आफ्नो पीडा बुझिदिएको भन्दै वडा प्रती कृतज्ञ देखिन्थे । मोटर वितरण कार्यक्रममा बोल्दै स्थानिय कृषकहरुले वडासँग मोटर पाए सँगै अब त्यसलाई जडानको लागि समेत समन्वयका लागि अनुरोध गरेका छ ।
६ नम्बर वडाले यश अघि पनि किसानहरुका लागि आवश्यक स्प्रे मेसिन लगायत वितरण गरिसकेको छ ।

अन्तरवार्ता

थप...