free webpage hit counter पशुपालक किसानहरुको गोष्ठि सम्पन्न - RatoKalam.com is No one news portal.

पशुपालक किसानहरुको गोष्ठि सम्पन्न

मेचीनगर । सुमन एग्रोभेट्स मेचीनगर–३ बडाखालको आयोजना तथा क्युमेड फर्मुलेशन प्राईभेट लिमिटेडको विषेश प्रायोजनमा १ दिवशिय पशुपालक किसानहरुबिच अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।
मेचीनगर ३ बडाखालस्थित बालविकास केन्द्रको भवनमा सम्पन्न गोष्ठिमा ५० जना भन्दा धेरै पशुपालक कृषकहरुको सहभागिता रहेको थियो ।
समुन एग्रोभेट्सका सञ्चालक सुमन थापाको सभापतित्व तथा मेचीनगर ३ की वडा सदस्य रीता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा पशुपालक कृषकहरुले पशुपालन व्यवासायमा देखा परेको समस्या र चुनौतीका बारेमा जिज्ञासा राखेका थिए ।
कृषकहरुको जिज्ञासालाई मेचीनगरपालिका पशु सेवा केन्द्रका पशु बिकास अधिकृत डाड्ढदिवाकान्त चौधरीले किसानका समस्या तथा पशुमा लाग्ने रोग यसका निधान बारे सहजीकरण गर्नु भएको थियोे । कार्यक्रममा उपस्थित किसानलाई नाम्ले जुका तथा फिड सप्लिमेन्ट लगायतका औषधी निशुल्क बितरण गरिएको थियो । स्थानीय भेटेरिनरी पसल एबम औषधी कम्पनीबाट यस्ता कार्यक्रम गरिदा पशुपालक किसानहरु अत्यन्तै लाभान्वित भएको सहभागीहरुले बताए । कार्यक्रमकी प्रमुख अतिथि रिता थापाले नगरले पनि यस्ता कार्यक्रम तर्जुमा गर्दै रहेको जानकारी गराउँदैँ किसानहरुको प्रोत्साहनका लागि विभिन्न योजनाहरु ल्याउने बताउनु भयो ।
कार्यक्रममा क्युमेडका मेनेजर हरि गौतम, बजार प्रतिनिधि खेमराज नेपाल नव ज्योति निमाविका शिक्षक धनराज भण्डारी, अगुवा कृषक धन बा अधिकारीलगायतको सहभागिता रहेको थियो ।

अन्तरवार्ता

थप...