free webpage hit counter पोेखरा लेडी जेसीजको महिला सशक्तिकरण तालिम सम्पन्न - RatoKalam.com is No one news portal.

पोेखरा लेडी जेसीजको महिला सशक्तिकरण तालिम सम्पन्न

बाहुनडाँगी । पोखरा लेडी जेसीजको आयोजनामा महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ । शाखाको बर्ष २०१९ को बार्षिक कार्यतालिका अन्तरर्गतको विभिन्न समुदायका महिलाहरुलाई लक्षित कार्यक्रममा महिला सशक्तिकरण तालिमको आयोजना गरिएको हो । जाल्पादेवी वहुउदेशीय भवन सिमलचौरमा भएको तालिमको प्रमुख प्रशिक्षक अधिवक्ता बिदुर कोइराला रहनु भएको थियो । उहाँले महिलाहरुको अधिकार र कर्तव्यका बारेमा सहजीकरण गर्नु भएको थियो ।
शाखा अध्यक्ष जेसी सपना गिरीको अध्यक्षतामा भएको तालिममा ६० जना विभिन्न समुदायका महिलाहरु र लेडी जेसीजमा सदस्यहरु सहभागी रहेको थियो । महिला सशक्तिकरण तालिमको संयोजन जेसी प्रमिला सुवेदी र संचालन सचिव जेसी लक्ष्मी अधिकारीले गर्नु भएको थियो । निवर्तमान अध्यक्ष जेसी सन्तु पौडेलले समाज रुपान्तरणमा महिला सशक्तिकरणको अहम भूमिका रहेको भनाई राख्नु भएको थियो । सहभागीको तर्फवाट शान्ति सिग्देल र प्रतिभा गिरीले आफना अनुभव राख्नु भएको थियो । जाल्पादेवी महिला उद्दार समुहका अध्यक्ष कान्ती अधिकारीको मन्तव्य रहेको उक्त तालिममा अध्यक्ष जेसी सपना गिरीले तालिममा सिकेका कुराहरु व्यवहारमा ल्याएमा समग्र रुपमा सफल हुने भनाई राख्नु भएको थियो । स्मरण रहोस पोखरा लेडी जेसीज बर्ष २०१९ जनवरी महिनामा एरिया वि अन्तर्गत सर्वकृष्ट शाखाको रुपमा नेपाल जेसीज वाट ‘जेसीज अफ द मन्थ’ जनवरी वाट सम्मानित भएको शाखा हो ।

अन्तरवार्ता

थप...