free webpage hit counter फाइनलमा झापा ११ सँग आर्मीको भिडन्त - RatoKalam.com is No one news portal.

फाइनलमा झापा ११ सँग आर्मीको भिडन्त

बिर्तामोड । बिभागीय टीम त्रिभुवन आर्मीले क्यामरुनी टिम दाफिन्सलाई १–० ले स्तब्ध बनाउँदै झापा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

अघिल्लो दुई संस्करण जितिसकेको आर्मीले शनिबार दाफिन्सलाई हराउँदै उपाधिका लागि झापा ११ सँग भेट पक्का गरेको छ । दाफिन्सलाई आर्मीले पोखराको आहा रारामा पनि १–० गोलले नै स्तब्ध बनाएको थियो । दाफिन्सको अर्को महत्वपूर्ण उपाधि रक्षा गर्ने अवसरबाट बञ्चित बनेको छ ।

साविक विजेता आर्मीले आत्मघाती उपहार गोलबाट फाइनलमा जाने अवसर प्राप्त गरेको छ । भरत खवासको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाफिन्सका सिलो नाङ्गाले छातीले बललाई नियन्त्रण लिन खोज्दा जाली चुमेको थियो । बिमल पाण्डे खेलको म्यान अफ दी म्याच बन्दै नगद १५ हजार रुपैयाँ पाए ।

अन्तरवार्ता

थप...