free webpage hit counter मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलका कामदार सवार सवारी दुर्घटना, २ नेपाली सहित करिब १३ को मृत्यु । - RatoKalam.com is No one news portal.

मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलका कामदार सवार सवारी दुर्घटना, २ नेपाली सहित करिब १३ को मृत्यु ।

क्वालालम्पुर,रातोकलम अनलाइन।
चैत्र-२५

मलेसियाको अन्तर्राष्ट्रिय टर्मिनल विमान स्थल नजिक सवारी दुर्घटना हुदा २ जना नेपाली सहित करिब १३ जनाको घट्ना स्थलमै मृत्यु भएको छ।विमान स्थल भित्र कार्यरत मजदुरहरु ओसारपसार गर्ने बस नियन्त्रण बाहिर गएपछि उक्त घट्ना घटेको हो।

उक्त सवारीमा नेपाली , बाङ्लादेशि र इन्डोनेशियन कामदार सवार थिए । दुर्घटनामा परि बर्दिया का रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारु को दुर्घटनामा परी मृत्यु भएको छ ।भने अन्य ३ जनाको हस्पिटलको आइ सि यु कक्षमा उपचार भइरहेको छ।

काम गर्ने कामदार बोकेर विमान स्थल तर्फ जाँदै गर्दा विमान स्थल नजिक सेपाङ्ग क्षेत्रमा आइतबार साझ बस दुर्घटनामा परेको हो।घट्नामा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बडि घाइते भएको उक्त बसमा सवार मध्येका प्रदिप तिमिल्सिनाले जानकारी दिएका हुन।

अन्तरवार्ता

थप...