free webpage hit counter महङ्गी नियन्त्रणमा सरकार उदासिन  - RatoKalam.com is No one news portal.

महङ्गी नियन्त्रणमा सरकार उदासिन 

धनुषा,  नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको आज यहाँ आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताउनुभयो । सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारवाही गर्न नसकेको आरोप लगाउनुभयो । “भ्रष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन”, थापाले भन्नुभयो ।

अन्तरवार्ता

थप...