free webpage hit counter माईभ्याली गोल्डकपः दाउफिन्स फुटबल क्लब क्यामरुन सेमिफाइनलमा - RatoKalam.com is No one news portal.

माईभ्याली गोल्डकपः दाउफिन्स फुटबल क्लब क्यामरुन सेमिफाइनलमा


फिक्कल, ३० फागुन

दाउफिन्स फुटबल क्लब क्यामरुन इलाममा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ठूलो टुँडिखेलमा आज भएको खेलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको १४औँ मिनेटमा क्यामरुनका तर्फबाट मेस्सोभ्केले गोल गरेका थिए । खेलको २०औँ मिनेटमा क्यामरुनकै पेट्न्गाले दोस्रो गोल गरेका थिए । पेट्न्गाले नै दोस्रो हाफमा अर्को गोल गरे । एपिएफका तर्फबाट सान्त्वना गोल खेलको ३५औँ मिनेटमा हरि कार्कीले गरेका थिए । ‘म्यान अफ दी म्याच’ क्यामरुनकै पेट्न्गा भए । उनले रु १० हजार र ट्रफी प्राप्त गरे ।

अन्तरवार्ता

थप...