free webpage hit counter यस्तो छ १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठ सहित) - RatoKalam.com is No one news portal.

यस्तो छ १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठ सहित)

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले  आर्थिक वर्ष २०७५/०७६ को लागि  १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् ।

मंगबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत,  पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रकम व्यवस्था गरिएको छ ।

चालु बजेट भन्दा ३७ अर्ब बढाएर प्रस्तुत गरिएको बजेटमा आन्तरिक स्रोतबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कुन कुन क्षेत्रमा कति रकम विनियोजन गरियो ? हेर्नुहोस बजेटको पूर्णपाठ ।

अन्तरवार्ता

थप...