free webpage hit counter रतुबामाई प्रथम मेयर कप फुटबल प्रतियोगिताः वडा नम्बर १० बिजयी - RatoKalam.com is No one news portal.

रतुबामाई प्रथम मेयर कप फुटबल प्रतियोगिताः वडा नम्बर १० बिजयी

मोरङको रतुवामाई नगरपालिका मा जारि प्रथम मेयर कप फुटबल अन्तर्गत आज भएको रोमाञ्चक खेलमा बडा नम्बर १० ले बिजय हासिल गरको छ । बडा नम्बर १० ले वडा नम्बर ४ लाई १ —० को गोल अन्तरले पराजित गरेको हो ।
खेलको निर्धारीत समयमा दुवै टिमका खेलाडीले गोल गर्न नसकेपछि ५–५ मिनेट अतिरिक्त समय थपिएको थियो । अतिरिक्त थपिएको समयको दोश्रो हापको पहिलो मिनेटमा १० नं वडाका जर्सी नं ८ का जिवन धामीले प्रहार गरेको गोल नै निर्णायक गोल बन्यो ।

खेल अवधिभर वडा नम्बर १० ले ४ को गोल पोस्टमा धेरै पटक आक्रमण गर्न खोजेपनि त्यसलाई गोल रक्षकले सहजै क्लियर गरिदिएका थिए तर अन्त्य सम्म भने कायम हुन सकेन । यो खेल संगै वडा नम्बर ४ मेयर कप बाट बाहिरेको छ । खेलको म्यान अफ द म्याच १० नम्बर वडाका जर्सी नं ६ का सरोज खड्का घोषित भए ।
भोलि हुने पाचौ खेलमा वडा नम्बर ६ र ३ बिच क्वाटर फाईनलको पहिलो खेल हुदै छ ।

अन्तरवार्ता

थप...