free webpage hit counter रामनगर जेसीजका पदाधिकारीको विवाह वर्षगाँठमा विद्यार्थीलाई झोला प्रदान - RatoKalam.com is No one news portal.

रामनगर जेसीजका पदाधिकारीको विवाह वर्षगाँठमा विद्यार्थीलाई झोला प्रदान

बाहुनडाँगी । रामनगर जेसीज वर्ष २०१९ का अध्यक्ष हिमा न्यौपाने, उपाध्यक्ष रेशम कंडेल र कोषाध्यक्ष डिल्लीराम सुवेदीको बैबाहिक वर्षगाँठको अवसर पारेर विद्यार्थीहरुलाई किताब बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सुनवल नगरपालिका वडा नम्बर १३ बिचैयापुरमा रहेको सेवासदन प्राविका अति बिपन्न विद्यार्थीहरुलाई वैवाहिक वर्षगाँठको अवसरमा झोलाका साथै कपी, कलम वितरण गरिएको हो ।

शाखाकी अध्यक्ष हिमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण देवकोटाले रामनगर जेसीजले शैक्षिक तथा सामाजिक क्षेत्रमा गरेको यो कार्य उदाहरणीय रहेको बताउनु भयो । उहाँले यस क्षेत्रमा हरेक समय अग्रणी भूमिका निर्वाह गर्दै आएको जेसीजको अभियानले विद्यालयको शैक्षिक विकासलाई समेत ठूलो योगदान रहने बताउँदै आगामी दिनहरुमा जेसीजसँगको सहकार्यमा रहेर हरेक कामहरु गर्दै जाने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीले यो अभियानले विद्यार्थीहरु पलायन हुने क्रमलाई रोक्ने र शैक्षिक गुणस्तर समेत अभिबृद्धि हुने बताउनु भयो ।
डिल्लीराम सुवेदी संयोजक रहेको कार्यक्रममा आस्थापाठ देवकला खनाल र सञ्चालन युवराज भुषालले गर्नु भएको थियो ।

अन्तरवार्ता

थप...