free webpage hit counter लम्की जेसीजको नेतृत्व र उत्प्रेरणा तालिम सम्पन्न - RatoKalam.com is No one news portal.

लम्की जेसीजको नेतृत्व र उत्प्रेरणा तालिम सम्पन्न

बाुहनडाँगी । लम्की जेसीज आयोजना तथा लम्की लेडी जेसीजको सह आयोजनामा एक दिने ‘लिडरसीप एण्ड मोटिमेसन’ तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन सुदुरपश्चिमका प्रदेश सांसद रतनबहादुर थापाले गर्नु भएको थियो ।
नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर महेश दाहाल मुख्य प्रशिक्षकका रुपमा रहनु भएको तालिममा ८५ जनाको सहभागिता रहेको थियो ।
शाखा अध्यक्ष मोहन ढुङ्गानको सभापतित्वमा सम्पन्न तालिममा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष सिनेटर रुकमणि सिग्देल, प्रमुख प्रशिक्षक सिनेटर महेश दाहाललगायतले बोल्नु भएको थियो । सहभागि अतिथिहरुलदाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव वविता पाण्डेले गर्नु भएको थियो ।

अन्तरवार्ता

थप...