free webpage hit counter वडा नम्बर १ र वडा नम्बर ६ फाइनलमा प्रतिस्पर्धा गर्ने - RatoKalam.com is No one news portal.

वडा नम्बर १ र वडा नम्बर ६ फाइनलमा प्रतिस्पर्धा गर्ने

बाहुनडाँगी । मेचीनगर ३ बडाखालमा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगितामा मेचीनगर १ र मेचीनगर ६ बिच फाइनल प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
नव ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमवार भएको अन्तिम सेमीफाइनल खेलमा वडा नम्बर ८ लाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर ६ ले फाइनलका लागि आफ्नो सिट पक्का गरेको हो । फाइनलमा वडा नम्बर ६ सँग प्रतिस्पर्धा हुने निश्चित भएको छ । वडा नम्बर १ ले आइतवार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक वडा नम्बर ३ लाई १–० को झिनो गोल अन्तरले हराउँदै फाइनल प्रतिस्पर्धामा पुगेको थियो ।
सोमवार भएको खेलमा वडा नम्बर ६ को जीतका लागि खमिर खिल्सन कन्दङवा, मुकुल मगरले २ गोल र पर्शु राईले १ गोल गरेका थिए । वडा नम्बर ८ बाट मनिकुमार लिम्बूले सान्तावना गोलगरेका थिए ।
अब यी दुई टिमको बुधवार फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजार पाउने क्बलका अध्यक्ष भवानी गिरीले बताउनु भयो । गत चैत ९ गतेबाट सुरु भएको खेलमा मेचीनगरका १५ वटै वार्डका खेलाडीहरुको सहभागिता रहेको सचिव समुन थापाले बताउनु भयो ।

अन्तरवार्ता

थप...