free webpage hit counter वडा स्तरीय फुटबलमा वडा नम्बर १ र वडा नम्बर ८ विजयी - RatoKalam.com is No one news portal.

वडा स्तरीय फुटबलमा वडा नम्बर १ र वडा नम्बर ८ विजयी

बाहुनडाँगी । नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत वडा नम्बर १ र वडा नम्बर ८ विजयी भएका छन् ।
मंगलवार नव ज्योति निमाविको खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर १५ लाई १–० को झिनो गोल अन्तरले पराजित गरेको थियो । कृष्ण लिम्बूले दोस्रो हाफमा गरेको निर्णायक गोल नै वडा नम्बर १ का लागि विजयको आधार बन्यो ।
यसैगरी दोस्रो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ११ लाई ५–२ को गोल अन्तरले पराजित गरेको क्लबका सचिव सुमन थापाले बताए । जितका लागि पूर्ण मगरले २, जितु धिमाल, ससिव धिमाल र मनिकुमार लिम्बूले १÷१ गोल गरेका थिए ।
बुधवारदेखि हुने दोस्रो चरणको क्वाटर फाइनल खेलमा आयोजक वडा नम्बर ३ र वडा नम्बर ५ बीच हुने आयोजक समितिका सदस्य राजेश बस्नेतले बताए । स्थानीय खेलाडीहरुको उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भवानी गिरीले बताए । प्रतियोगिताको फाइनल खेल चैत २० गते हुनेछ ।

अन्तरवार्ता

थप...