free webpage hit counter सन्दर्भः अन्तर्राष्ट्रिय श्रमीक महिला दिवश - RatoKalam.com is No one news portal.

सन्दर्भः अन्तर्राष्ट्रिय श्रमीक महिला दिवश

गोमा नेपाल
“ लैङ्गिक समानताकालागि समान सोच र ब्यबहार, समृद्धिको आधार” भन्ने नाराका साथमार्च ८ का दिन १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाइदैछ । विश्व भरिका महिलाले संगठित भएर आफ्नो हक र अधिकारकालागिआवाज बुलन्द गर्ने दिनका रुपमा यो दिवश मनाउन थालिएको थियो । सर्वप्रथम १९०६ मा महिलाहरुको प्रथमअन्तराष्ट्रिय सम्मेलनले अधिकारकर्मी महिलाक्लारा जेट्किनलाई सेक्रेटरी बनाएपछि संगठित रुपमा महिलाहरुले आन्दोनल शुरु गरेको पाइन्छ । १९०८ मा अमेरीकाको शिकागो शहरमा महिला पुरुष समान अधिकारको माग राखेर बिशालजुलुस प्रदर्शन गर्दै हडताल समेत गरे । सन् १९१० माभएको कोपेनहेगन सम्मेलनबाट औपचारिक रुपमा ८ मार्च लाई अन्तराष्ट्रिय रुपमामनाउने निर्णय गरेपछि हरेक बर्ष बिभिन्न नाराका साथ मनाउदै आएको छ । नेपालमा भने २००३ साल देखि महिलाहरु संगठित हुँन थालेकाथिए यस कार्यको नेतृत्वमंगला देबि सिंह, साधना प्रधान, सहाना प्रधान जस्ता कर्मठ राजनैतिक नेतृहरुले गर्नुभएको थियो ।

नेपालको राजनैतिक परिवर्तन संगसंगै मुलुकमा पनि महिलाअधिकारका लागि बिभिन्न परिवर्तनहरु भएका छन् । राजनैतिकअधिकार प्राप्तीको रुपमा नेपालको संविधान २०७२ ले राज्यका हरेक निकायमा महिलाको सहभागिताका लागि ३३ प्रतिशत सिट सुरक्षित गरेको छ । अझ स्थानिय तहमा त ४० प्रतिशतकै व्यवस्था गरेको छ । कानुनत राजनैतिकअधिकार प्राप्तभएतापनिव्यबहारिक रुपमाकार्यान्वयनगर्न अझबाँकी नै छ । कानुनमाव्यबस्थाभएअनुसार राज्यकाप्रमुख र उपप्रमुखमध्ये एकमाअनिवार्य महिला रहने भएतापनिप्रायमहिलाहरु दोश्रो पदमैसिमित रहेका छन् । महिलाजनप्रतिनिधिहरुकाअनुसार निर्यायकबिन्दुमाआइपुग्दामहिलाको धारणा वाबिचार गौण बन्ने गरेको छ । भाषण र बोलिमामहिला मैत्रिभएपनिमहिलामहिलामा र अन्य राजनैतिक सहकर्मीका बिच व्यापक भेदभाव र हिंसा भएको पाइन्छ । जब सम्म राजनैतिक भेदभाव र हिंसा अन्तहुँदैन तब सम्ममुलुकमाचाहेर पनि समृद्धि हासिलहुन सक्दैन ।
महिलाशशक्तिकरणको प्रमुख एजेण्डा आर्थिक सवलिकरण हो ।

आधारभूत आवश्यकता परिपूर्ति संगै मानिसका असिमित आवश्यकता र इच्छाहरु रहेका हुन्छन् । आवश्यकताको समाधानवा सहज जिवनयापनका लागि अहिलेको आधुनिक युगमा जो कोहि आत्मनिर्भर रहनु जरुरि हुन्छ । स्वावलम्बी भएर जिवनयापन गर्नका लागि पेशा वाव्यवसाय गर्नै पर्छ । हाम्रो समाजमा सदियौ देखि चलिआएको पुरुष घरमुली रहने सम्पत्तिको हकदार वा हुने मालिक  र महिला आश्रितको रुपमा पालिनु पर्ने संस्कार र सोचमा केहि परिवर्तन भने आउनथालेको छ । कतिपय कथित खानदानी परिवारले भने अझ पनि महिलालाइ दासी कै रुपमा परिभाषितगदै सोहि व्यवहार गर्ने गरेको पाइन्छ । कामकाजी परिवारको वारेमा टिकाटिप्णी गदै स्वास्नीको कमाइखाने नामर्द जस्ता नकारात्मक कुराहरुले महिलाको प्रगतिमा बाधा पार्ने कोशिश गरेको देखिन्छ । समयको कालखण्ड संगै यस्ता कुराहरु निरुत्साहित हुने कुरामा आशावादीहुने प्रशस्त ठाउँ रहेको छ ।

महिलाअधिकारको आवाज उठाइरहदा पछिल्लो समयमा किशोरी तथावालकाहरु यौनहिंसामा परि बलात्कार पछि धेरैले ज्यानगुमाएका छन् । श्रृंखलाबद्ध यस्ता हिंसाले आमअविभावक तथा स्वयं बालिकाहरुमात्रास सृजना भएको छ । मानिसको स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार माथिधावा बोलेको भान हुन्छ । आम समुदाय र राज्य स्वयंले पिडितलाइ न्यायदिन सकिरहेको छैन । एक्काइसौ शताब्दिको उत्तरार्धमा आइपुग्दा पनि महिलाहरु सुरक्षित हुन नसक्नु कहालिलाग्दो बिडम्बना हो । राज्य र अधिकारकर्मी संघ संस्थाले यी समस्याको निराकरणमा जोडतोडले लाग्नु पर्ने भएको छ । आजको दिवसको सान्दर्भिकता पनि यहि हुनेछ । लिङ्गकै आधारमा हरेका उमेरका महिलाहरु कतिदिन असुरक्षित हुने भन्ने सवाल पैदा भएको छ ।

समानताको स्थितिमा पुग्न उचित वातावरणका साथ भयमुक्त हुने अवस्थाको सृजना भएमात्र लैङ्गिक समानताको आशागर्न सकिन्छ । घर, कार्यालय, बाटो, स्कुलकलेज , हाटबजार कहि पनि महिला सुरक्षितहुन सकिरहेका छैनन् । अझकार्यालय र घरभित्रहुने यौनजन्य हिंसा त बाहिर आउनपनि सक्दैनन् किनकी त्यस घटनाको पिडक बाट समाजको तिरस्कार बाट जोगिनको लागि भित्रभित्रै घटनालाई दबाइने गरेको पाइन्छ । महिला माथिका बलात्कार लगायतका हिंसाका दोषिलाइ हदै सम्मको कानूनी र सामाजिक सजाय दिए मात्र समस्या निराकरण हुँदै जानेछ ।
नेपालको कूल जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगटेको महिलाको राजनितिमा सम्मानजनक पहुँचप्राप्त भइसकेको छ । कार्यान्वयनमा पनि स्थापित हुन सकेमा अवश्यनै समविकासको नाराले सार्थकता पाउने छ ।

समृद्ध नेपाल सुखि नेपालीभन्ने सरकारको नारालाई सार्थकता दिन अब आर्थिक समृद्धिका लागिमहिला उधमशिलता बिषयमा बहस र छलफल चलाएर मात्रहुदैन नितिगत व्यवस्था गरि सरल ,सहज ढंगबाट राज्यले गर्नसक्ने सम्मका सबै संयन्त्र प्रयोग गर्नुपर्छ । दान, अनुदान आरक्षण मात्र पर्याप्त हुँदैन उत्पादन र बजारीकरणको संजाल निर्माण गरि हरेक घर परिवार, टोल र पालीका स्तरमै महिला सहभागिता अनिवार्य गरिनुपर्छ ।

महिला सहभागिताकानाममाशहर केन्द्रित सिमित महिलाले मात्र जुनसुकै अवसरको उपयोग गर्ने परिपाटी अन्त्य हुनुपर्छ जसको लागिमहिलाहरु स्वयं तयार हुनु पर्यौ कि म जस्तै अन्यमहिलाले समानअवसरको उपयोग गरोस । १०९ औ अन्तराष्ट्रिय महिलादिवसले हामी सबै महिलामामित्रता, सहकार्य र एकताको शन्देश दिन सकोस दिदीबहिनी सबैमा हार्दिक शुभकामना साथै दाजुभाइहरुमा पनि महिला मैत्रिभावनाको विकास होस महिला सहयोगीमात्रहोइन सहकर्मी बन्न सकुनभन्ने भावनाको बिकास होस ।

अन्तरवार्ता

थप...