free webpage hit counter सहकारीको सहयोगमा एम्वुलेन्स सेवा सञ्चालन, जनप्रतिनिधी सहित अन्य सम्मानित - RatoKalam.com is No one news portal.

सहकारीको सहयोगमा एम्वुलेन्स सेवा सञ्चालन, जनप्रतिनिधी सहित अन्य सम्मानित

चैत ९,पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिकाको दक्षिणी वडा, वडा नम्वर ६ मा रहेको कुटो कोदालो कृषि सहकारी सस्थाले एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
स्थापना कालको दोस्रो साधरण सभाको अवसरमा सस्थाले दक्षिणी भेगका जनता लाई छिटो र छरितो रुपमा स्वाथ्य सेवा प्रदान गराउने उद्ेश्यका साथमा सो एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष राज कुमार माझी ले वताए ।


साधरण सभाकै अवसरमा सस्थाले स्थानीय क्षेत्रमा चुनिएर आएका विभिन्न ठाउका वडा अध्यक्ष हरुलाई समेत सम्मान गरेको छ ।
सामाजिक सञ्जाललाई आधार वनाई उनिहरुको कामको मुल्याङकन गर्दै सस्थाले पथरी शनिश्चरे वडा नम्वर ४ का वडा अध्यक्ष गोविन्द वहादुर भण्डारी सुनवर्षी नगरपालिका वडा नम्वर २ का प्रताप तामाङ त्यसैगरी धनकुटा नगरपालिका वडा नम्वर ३ का विकाश घिमिरे लाई सस्थाका अध्यक्ष माझीले सम्मान पत्रले सम्मानित गरेका हुन ।
साथै सस्थाले राष्ट्रिय सहकारी वैङक का अधिकृत तथा विराटनगर प्रमुख प्रभु पोख्रेल लाई देशकै उत्कृष्ठ अधिकृतको सम्मान प्रदान गरेको छ । उनका साथमा पथरीमा रहेको मोरङ जिल्लाकै उत्कृष्ठ वचत तथा ऋण सहकारी सस्था वन्न सफल लर्ड वुद्ध साकोस लाई पनि सम्मान गरेको छ ।
साथै सस्थाले उत्कृष्ठ कारोवार गर्ने सस्थाका ४ जना सेयर सदस्य समशेर बहादुर भण्डारी,तुलसा दंगाल, अमर चन्द«वंशी,विष्णु तामाङ र उत्कृष्ठ कर्मचारीका रुपमा टंक श्रेष्ठ लाई सम्मान गरिएको कार्यक्रम संयोजक एल वि भण्डारीले वताए ।
सस्थाले आफ्नो कार्यकालको दोस्रो साधरण सभा सम्पन्न गर्ने क्रममा आर्थिक वर्ष २०७४÷७५ को वार्षीक कार्य प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको छ जसमा सस्थाले आर्थिक गत वर्ष ५८ हजार ९ सय ६० शुद्ध नाफा कमाएको थियो भने यस वर्ष ४७ हजार ५ सय २० शुद्ध नाफा कमाएको वार्षीक प्रगति प्रतिवेदन सस्थाका सचिव मोहन श्रेष्ठले प्रस्तुत गरेका थिए ।
२०७३ सालमा स्थापना भएको सो सस्थामा हाल ३०० जना शेयर सदस्य रहेका छन् भने आगामी दिनमा सो सङख्यालाई वढाएर ५०० पु¥याउने लक्ष्य सस्थाले लिएको छ ।


सस्थाले स्थपना कालदेखी नै दुध विक्रि गर्दै आएको छ भने आउँदा वर्षहरुमा सोको विस्तार गरि प्रदेश नम्वर १ भरि फैलाउने लक्ष्य राख्नुका साथै स्थानिय कृषक हरुलाई कृषि विउ विजन तथा कृषि ऋण र व्यापारिक ऋण समेत प्रदान गर्दै आएको छ ।
साधरण सभा तथा एम्वुलेन्स सेवाको औपचारिक उद्घाटन प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राईले गरेका थिए ।

अन्तरवार्ता

थप...