free webpage hit counter सहज बनाईदै पाथिभरा दर्शन - RatoKalam.com is No one news portal.

सहज बनाईदै पाथिभरा दर्शन

ताप्लेजुङ/ पूर्वकै प्रसिद्ध तिर्थस्थल पाथिभरा दर्शनको सिजन सुरु भएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्रको संरक्षण र सम्र्वद्धनमा काम गर्ने संघ संस्थाले पनि पाथिभरा दर्शनलाई व्यवस्थित बनाउन काम थालेका छन् ।

पाथिभरा क्षेत्रमा आउने दर्शनार्थीलाई सहज बनाउनको लागि यस वर्ष पनि ६ जना कर्मचारीलाई खटाउने निर्णय भेटिभाटी व्यवस्थापन समितिको बैठकले गरिसकेको छ । जिल्ला समन्वय समिति प्रमुख धनेन्द्र मादेनको संयोजकत्वमा रहेको सो समितिले कर्मचारी खटाउने संगै अन्य धेरै काम गर्ने निर्णय गरेको छ । ति कर्मचारीहरु करारमा राखिने पाथिभरा क्षेत्रविकास समितिका सदस्य गोपाल न्यौपानेले बताए । न्यौपानेका अनुसार उनिहरुलाई मासिक तलव दिईने छ ।

‘यस सिजनमा दर्शनार्थीको भिड हुन्छ, यस वेला पहिले कै जनशक्तिले पुग्दैन, त्यसैले हामीले नयाँ कर्मचारी खटाउने निर्णय गरेका छौँ ।’–सदस्य न्यौपानेले भने । न्यौपानेका अनुसार उनिहरुले दर्शनका लागि आउने दर्शनाथीलाई सहज वनाउने काम गर्नेछन् । दर्शनार्थीहरुको लाईन मिलाउने, पानीको व्यवस्था गर्ने लगायतका काम हुनेछ । यसैगरि दर्शनार्थी सुत्नको लागि कम्वल र म्याटेस्ट खरिद गर्ने प्रक्रिया समेत सुरु गरिएको भेटिघाटी व्यवस्थापन समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।

‘सिजनमा अत्याधिक दर्शनार्थीहरु आउनुहुन्छ, हाम्रो होटललाई समेत हम्मेहम्मे पर्छ । धर्मशालामा बस्न चाहनेहरुका लागि भने ओढ्ने र आछ्उने खरिद गर्ने तयारी गरिरहेका छौँ ।’–मादेनले भने । यसैगरी यस सिजनमा थपिएका सुरक्षाकर्मीलाई खाना तथा वासको व्यवस्था गर्ने र अहिले सम्म संकलन भएका सुनलाई विक्री गर्नका लागि शिलवन्दी बोलपत्र आह्वान गर्ने पनि तयारी गरिएको पाथिभरा क्षेत्रविकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए । यता संकलित सिक्कालाई सफा गर्ने कार्यपनि भैरहेको र छिट्टै सटही गरिने पनि जनाईएको छ ।

अन्तरवार्ता

थप...