free webpage hit counter सारदानगर जेसीजको ‘जेसीज शान्ति कप’ को उपाधी जुनियर प्रहरीलाई - RatoKalam.com is No one news portal.

सारदानगर जेसीजको ‘जेसीज शान्ति कप’ को उपाधी जुनियर प्रहरीलाई

देबु बानियाँ
बाहुनडाँगी । सारदानगर जेसीजको आयोजनामा भएको ‘जेसीज शान्ति कप’ फुटसल कप प्रतियोगितोका उपाधी जुनियर प्रहरीको टिमले जितेको छ ।
मंगलवार सम्पन्न फायनल खेलमा रर्डस क्लब (आरएफसी) भरतपुरलाई पराजित गर्दै फायनलको उपाधीमाथि जुनियर प्रहरीले कब्जा जमाएको हो । जितसँगै जुनियर प्रहरीले नगद ५० हजार, मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ । उपविजेता बनेको रर्डस भरतपुरले २५ हजार मेडल र ट्रफी पाएको छ । प्रतियोगिताको बेष्ट प्लेयर प्रहरी र बेष्ट गोलकिपर रर्डस क्लब आर एफसीले प्राप्त ग¥यो ।
आइतवार पूर्व राज्य मन्त्री सीता गुरुङले उद्घाटन गर्नु भएको प्रतियोगितामा चितवनका २३ वटा टिमको सहभागिता रहेको सरादानगर जेसीज वर्ष २०१९ का अध्यक्ष सन्तोष घिमिरेले बताउनु भयो ।
शाखा अध्यक्ष सन्तोष घिमिरेको सभापतित्व तथा सांसद मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल समारोहमा नेपाल जेसीजका पूर्व महासचिव अरुणोश्वर खनाल, सारदानगर जेसीजका पूर्व अध्यक्षहरु टोमबहादुर पुन, सोमप्रसाद भण्डारी, मंगलध्वज गुरुङ, तुलसीराम पाण्डे, वसन्तप्रसाद पौडेल, राजु रानाभाट, हरिराज अर्याललगायतले विजेता तथा उपविजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । पूर्व अध्यक्ष मंगलध्वज गुरुङले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव प्रमिशा काफलेले गर्नु भएको थियो ।

अन्तरवार्ता

थप...