free webpage hit counter सार्वजनिकमा फागुन १६ गते फुलन्देको बाउ र आमा आउने,साथमा नायिका सृजना सुब्बा पनि - RatoKalam.com is No one news portal.

सार्वजनिकमा फागुन १६ गते फुलन्देको बाउ र आमा आउने,साथमा नायिका सृजना सुब्बा पनि

उर्लाबारी । मोरङको उर्लाबारी—९ स्थित सार्वजनिक माविको फागुन १६ र १७ गते हुने स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा उर्लाबारी नगर भित्रको मावि स्तरीय छात्र÷छात्रा फुटवल प्रतियोगिता भईरहेको छ ।
स्वर्ण महोत्सवले छपक्कै छोपेको सार्वजनिक माविमा विविध कार्यक्रमहरु भईरहेको हो । फागुन १६ गते उमेश राई ‘फुलन्देको आमा’ र मौषम इङ्दुङ्ग फुलन्देको बाउले उपस्थित दर्शक दिर्घालाई मनोरञ्जन दिलाउने विद्यालयका प्रअ टंक दुलालले बताएका छन् । उनका अनुसार सो दिन हुने पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उहाँहरुको आकर्षक प्रस्तुति रहनेछ । फुलन्देको बाउ र आमा पछिल्लो समय हाँस्य व्यङ्ग्य क्षेत्रमा निक्कै चर्चाको शिखरमा छन् । स्वर्ण महोत्सवकै अवसरमा नायिका तथा सोहि विद्यालयकी पूर्व विद्यार्थी सिर्जना सुब्बाको पनि बेजोड प्रस्तुति रहने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङले बताए । उनका अनुसार नगरका पालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ । सोहि दिन विद्यालयले स्टेज निर्माणकर्ता सुन्दर श्रेष्ठ लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

अन्तरवार्ता

थप...