free webpage hit counter स्ट्याण्डर्ड चार्टड बैंकको बित्तीय अवस्था खस्क्यो, यही माघ सात गते हुुने ३२ औं बार्षिक साधारण सभामा भाँडभैलो हुुन सक्ने - RatoKalam.com is No one news portal.

स्ट्याण्डर्ड चार्टड बैंकको बित्तीय अवस्था खस्क्यो, यही माघ सात गते हुुने ३२ औं बार्षिक साधारण सभामा भाँडभैलो हुुन सक्ने

कठमाडौं । बहुुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित स्ट्याण्डर्ड चार्टड बैंकको बित्तीय अवस्था निकै नै खस्किएको छ । अन्य राष्ट्रमा रहेको स्ट्याण्डर्ड चार्टड बैंक राम्रोसंग सञ्चालनमा रहेको भए पनि नेपालमा रहेको स्ट्याण्डर्ड चार्टड बैंक भने व्यवस्थापकीय कमजोरीका कारण खस्किदै गएको छ ।

बैंकको व्यवस्थापन पक्ष कमजोर रहेको र कर्मचारीहरुको चरम श्रम शोषण गरिरहेको चार्टड बैंकलाई पछिल्लो समय ठुुला स्वदेशी तथा बिदेशी संस्थागत निक्षेपकर्ताहरुले समेत बिश्वास गर्न छाडेका छन् ।

सोही आधारमा बैंकको कर्जा तथा निक्षेपमा सुधार आउन सकेको छैन, व्यवस्थापन खर्च निकै बढेर गएको छ । यसले गर्दा बैंकको नाफामा पनि हस आउन थालेको छ ।

चौतर्फी रुपमा बैंकको बित्तीय अवस्था कमजोर बन्दै गएको बैंकको यही माघ सात गते हुुने ३२ औ बार्षिक साधारण सभामा बैंकको सञ्चालन एवं व्यवस्थापन पक्षबिच बैंक सञ्चालनका बिषयलाई लिएर बिवाद हुुन सक्ने देखिएको छ ।

बिवादकारण हुुन सक्ने संभावित दुुर्घटनालाई ध्यानमा राख्दै बैंकले आगामी बार्षिक साधारण सभा आर्मी अर्फिसस क्लवमा राखेपनि बाद बिवादा बढन् सक्ने दावी केही लगानीकर्ताहरुले गरेका छन् ।

व्यवस्थापकीय कमजोरी कै कारण पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर मुल्य घटेर छ सय पाँच रुपैयाँमा झरेको, बजार पुंजी करण घट्दै गएको, खराव कर्जा बढेको लगायतका बिविध बिषयलाई बैकका लगानीकर्ताहरु बिच बिवाद हुुन सक्ने देखिएको छ । श्रोतका अनुसार बैंकको उच्च व्यवस्थापन सञ्चालक तथा व्यवस्थापन पक्षको बिचमा रहेको साधारण सभा अघि नै कसरी सहजीकरण गर्ने भन्नेमा जुुटेको छ ।

अन्तरवार्ता

थप...