free webpage hit counter नेकपा सम्बद्ध प्रबासी नेपाली एकता मञ्च साउदी अरबको बैठक सम्पन्न। - RatoKalam.com is No one news portal.

नेकपा सम्बद्ध प्रबासी नेपाली एकता मञ्च साउदी अरबको बैठक सम्पन्न।

 

स्वागत पुन मगर

साउदी,दमाम

जानुवरी-११

दमाम स्थित रोज रेष्टुरेन्टको सभाहलमा मञ्चका सचिव राजु खनालले संचालन गर्नुभएको कार्यक्रमको सभाको अध्यक्षता संयोजक शिवराज जैशी रबिकिरणले गर्नुभएको थियो। परिवर्तन तथा देशका निमित्त विभिन्न समयमा अाफ्नो बलिदानी दिनु भएका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरि सम्मान प्रकट गरि कार्यक्रममा उपस्थित मञ्चका सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरुले अा अाफ्नो परिचय तथा धारणा सहित राख्नुभएका थिए।

साथै सो बैठकले महत्त्वपूर्ण निर्णय गरि संगठनको दमाम क्षेत्रीय कमिटी सर्व सम्मतिका साथ बाबुराम तामाङको संयोजकत्वमा सैलेश दाहाल सचिव र अन्य सदस्य रहने गरि क्षेत्रीय कमिटी एकता गरेको छ। सो बैठक मार्फत संगठनको कार्य बिभाजन गरि महत्त्वपूर्ण विभिन्न बिभाग पनि गठन गरेछ जस अन्तरगत अार्थिक बिभागमा सल्लाहकार पर्शुराम मिश्र संयोजक सोभान ब. पुनमगर (स्वागत) र मोहम्मद ईकबाल रहने गरि अार्थिक बिभाग बनाएको हो।

श्रमिक सम्बन्धि कोडीनेशनका निमित्त संयोजक देवेन्द्र सुवेदी हरि बुढाथोकी र अम्बिका सापकोटा अधिकारी संगठन बिभाग तथा अनुशासन प्रमुखमा राजु खनाल सचिव यम लामा र अनिल बिक रहने गरि कार्य बिभाजन गरेको छ।साथै दमाम क्षेत्रबाट मञ्चका संयोजक शिवराज जैशी सचिव राजु खनाल पुर्व नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष कमल शाही निर्मल पुर्व प्रबाशी नेपाली मञ्चका का.बा अध्यक्ष राजेन्द्र खत्री महिला संयोजक अम्बिका सापकोटा अधिकारी जेष्ठ सदस्य पर्शुराम मिश्र तथा पुर्वनेपाली जन प्रगतिशील मञ्च साउदीका सल्लाहकार कमल महत लाई खादा ओढाएर सम्मान गर्दै बैठक सम्पन भएको छ।

अन्तरवार्ता

थप...