free webpage hit counter चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने - RatoKalam.com is No one news portal.

चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने

उर्लाबारी । मनिषा फिल्मस् प्रालिको ब्यानरमा नेपाली चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुनेभएको छ । आज निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘रातो गलबन्दी’ बारे जानकारी गराएको हो । करिव ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायाँङ्कन पूर्वका रमणिय स्थलहरुमा हुने निर्माता हिमाल कडरियाले बताए ।

उनका अनुसार चलचित्रको छाँयाङ्कन मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट सुरु भएको छ । सो चलचित्रमा चर्चित नायिका केकी अधिकारी,बुद्धि तामाङ, रमेश बुढाथोकी,कोसिश क्षेत्री,अर्जुन गुरुङ,यज्ञबहादुर कटुवाल ‘चुप्पी डन’ लगायतले अभिनय गर्नेछन् ।
प्रेमकथामा आधारित कथामा बन्ने उक्त फिल्ममा गाउँशहरका परिवेशहरु उत्कृष्ठ शैलिमा समेटिने निर्देशक मनिष थापाले बताए ।
हिमाल कडरियाको कथामा बन्न लागेको उक्त फिल्मलाई सुमन योन्जनले छाँयाङ्कन गर्नेछन् ।

अन्तरवार्ता

थप...