free webpage hit counter नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्षमा राई। - RatoKalam.com is No one news portal.

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्षमा राई।

दीप खादी लिम्बू,
क्वालालम्पुर-जनवरी २७

क्वलालाम्पुर स्थित होटल भाईभ एलिमेन्टमा अाईतबार भव्य समारोहबीच नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।महासंघका सदस्य तथा नेपाल मगर संघ मलेसियाका उपाध्यक्ष बेग अालेमगरले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिमा महासंघका पुर्ब अध्यक्ष दिपक तामाङ बम्जन रहेका थिए भने विशेष अतिथिमा गैर आवसिय नेपाली संघमलेशियाका उपाध्यक्ष टेक धिक्त रहेका थिए।

कार्यक्रममा अतिथ तथा समाजसेवी बुधराज योङ्हाङ नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे ,नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशियाका महामन्त्री योगेन्द्र कोइराला तथा अन्तर्राष्ट्रिय रेफ्री योगेन्द्र कोईराला , ताप्लेजुङ सेवा समाजका अध्यक्ष भुपेन्द्र मावो, नेपाल अादिवासी जनजाति पत्रकार महासंघ मलेसियाका उपाध्यक्ष दिप लिम्बूले शुभकामना मन्तव्य राखेका थिए।

केही महिना अघि संघका पूर्व अध्यक्ष पिटी सेर्पा पिनासा लाई ठगिको अभियोग लागेपछि समितिको अाकस्मिक बैठक बसेर उनलाई निलम्बन गरे पश्चात् उपाध्यक्ष राम तामाङ कार्यवाहक अध्यक्ष रहेका थिए। तामाङको पनि प्रवासमा करार अवधि सकिएको भन्दै महासंघले अधिवेशनको समय अगावै बन्दसत्र गरेको हो।

अधिवेशनले पुरानो कार्य समितिलाई भङ्ग गरि नया १३ सदस्यीय रहने गरि कार्यसमिति चयन गरेको छ।जसमा अध्यक्षमा रविन राई( किरात राई यायोख्खा), बरिस्ठ उपाध्यक्ष तेन्जि शेर्पा( शेर्पा किदुङ), महिला उपाध्यक्षमा याङ्डु शेर्पा ( शेर्पा किदुङ), उपाध्यक्ष खेम थापा मगर ( नेपाल मगर संघ मलेसिया ) , महासचिव सविन लोप्चन तामाङ( तामाङ समाज) सचिवमा याम फ्याक लिम्बू ( किरात याक्थुम चुम्लुङ ) अर्पण मगर “बुद्ध ” ( नेपाल अादिवासी जनजाती पत्रकार महासंघ मलेसिया )र कोषाध्यक्षमा सन्तोष योञ्जन तामाङ रहेका छन्।
त्यस्तै सदस्यहरूमा सुवास गुरुङ, दुर्गा लिम्बू ,पेम्बा मिली शेर्पा ,वीर बहादुर सारु मगर र ईश्वर राई रहेका छन्।

अन्तरवार्ता

थप...