free webpage hit counter इजि केयर किड्स वल्र्डको पाचौँ बार्षिकोत्सव सम्पन्न - RatoKalam.com is No one news portal.

इजि केयर किड्स वल्र्डको पाचौँ बार्षिकोत्सव सम्पन्न

धुलावारी, १६ माघ । इजि केयर किड्स वल्र्ड मेचीनगर ९ को पाँचौँ बार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन मेचीनगर शिक्षा शाखा प्रमुख उद्धव विष्टले गर्नु भएको थियो । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि विष्टले समयको मागसँगै मन्टेश्वरीको विकास भएकाले अभिभावकहरुको इच्छालाई पुरा गर्दै नानीहरुको चौतर्फी विकास गर्नमा यसले ठूलो भूमिका खेलको बताए ।
मन्टेश्वरीका अध्यक्ष राजिप प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि इष्ट होराइजन बोडिङ स्कुलका प्रिन्सिपल सञ्जिव राई, मन्टेश्वरीकी सञ्चालक तथा कार्यक्रम संयोजक सपना प्रसाई ओडारी र संस्थापक प्रिन्सिपल मात्रिका ओडारीले बोलेका थिए ।
कार्यक्रममा नानीहरुको साँस्कृतिक नृत्य, गायन, फेसन सो र राइम्स प्रस्तुत गरिएको थियो ।

अन्तरवार्ता

थप...