free webpage hit counter ‘प्रथम बलभद्र कप’– होलीबेल र धुलावारी सेमीफाइनलमा प्रवेश - RatoKalam.com is No one news portal.

‘प्रथम बलभद्र कप’– होलीबेल र धुलावारी सेमीफाइनलमा प्रवेश

मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत मंगलवार भएको खेलमा होलीबेल अंग्रेजी मावि, धुलावारी मावि र पशुपति मावि विजयी भएका छन् । खेल तालिका अनुसार होलीबेल र धुलावारी मावि सेमीफाइनलमा प्रवेश गरेका छन् । भने पशुपति मावि क्वाटर फाइनलमा प्रवेश गरेकोछ ।
बलभद्र आधारभूत विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा धुलावारी माविले बालविकास आधारभूत विद्यालयलाई २–० को गोल अन्तरले पराजित गरेको छ । जितका लागि धुलावारीका धिरज खवास र सनम राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बालविकासका अर्जुन राई भए ।
दोस्रो खेलमा होलीबेलले दोकानडाँडा बोडिङ स्कुललाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । होलीबेलका धिरज श्रेष्ठले ह्याट्रिक गरे भने पासाङ तामाङले १ गोल गरेका छन् । पासाङले टाइब्रेकरमा गोल गरेका थिए । दोकानडाँडाले होलीबेल माथि फल्ड गरेपछि होलीबेलले टाइब्रेकरको मौका पाएको थियो । खेलको म्यान अफ द म्याच होलीबेलका धिरज श्रेष्ठ भए ।
यसैगरी तेस्रो खेलमा पशुपतिले जनज्योति आधारभूत विद्यालयलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जितका लागि पशुपतिका निशान श्रेष्ठले ३ नै गोल फ्रिककमा गरेका थिए भने निमा तामाङले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पशुपति माविका निशान श्रेष्ठ भएका आयोजक समितिका सदस्य किरण राईले बताए ।
बुधबारको पहिलो खेल काँकरभिट्टा मावि र पशुपति मावि तथा दोस्रो खेल अरुणोदय अंग्रेजी मावि र इष्ट होराइजनबिच अन्तिम क्वाटर फाइनलका खेल हुने आयोजक समितिका सदस्य रञ्जु थापा मगरले बताए । बताउनु भयो । सदस्य  मगरका अनुसार बुधवार विजेता हुने सामुदायिक विद्यालयले धुलावारी मावि र निजी विद्यालयले होलीबेल अंग्रेजी स्कुलसँग बिहिवार सेमीफाइनलमा आमनेसामने हुनेछन् ।
२५ गते हुने फाइनल खेलको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार तथा तेस्रो हुनेले नगद ५ हजार प्राप्त गर्नेछन् । तेस्रो उपाधीका लागि सेमीफाइनलमा उपविजेता हुने टिमबिच प्रतिस्पर्धा हुनेछ ।

अन्तरवार्ता

थप...