free webpage hit counter बुढासुब्बा गोल्डकपको सडन डेथमा झापा अभागी सावित - RatoKalam.com is No one news portal.

बुढासुब्बा गोल्डकपको सडन डेथमा झापा अभागी सावित

धरान । सुनसरीको धरानमा जारी २१ औँ बुढासुब्बा गोल्डकपको पहिलो खेलमा आइतबार बराबरीमा रोकिएको सिएमजि संकटा क्लबले सडन डेथमा जित हात पारेको छ ।
सोमबार बिहान भएको पेनाल्टी प्रहारमा मेची नेत्रालय केएफटिसि झापालाई सडन डेथमा हराउदै संकटा सेमीफाइनल प्रवेश गरेको छ । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएपछि दोस्रो पेनाल्टी प्रहारमा संकटाका सेड्रिक अबाले निर्णयक गोल गरे भने झापाका दिलेन लोक्ताम गोल गर्न चुके ।
लोक्तामको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके । उनीहरुभन्दा अघि संकटाका अमित तामाङ र झापाका पुजन उपरकोटीको प्रहार गोलमा परिणत भएको थियो । आइतबार दिउँसो निर्धारित समयको उद्घाटन खेल २(२ गोलको बराबरीमा टुंगिएको थियो ।
त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भएपनि दुवै टिमबाट ४(४ गोल भयो । त्यसपछि सडन डेथमा ६(६ पेनाल्टी प्रहार हुदा ५(५ गोलको बराबरी भएको थियो । सडन डेथबाट पनि खेलको निर्णय नभएपछि र लाइट(प्रकाश)को पनि अभावले दुवै टिमको सहमतिमा आज बिहानलाई खेल सारिएको थियो ।
आइतबार भएको उद्घाटन खेलमा संकटाका गोलकिपर राजाबाबु थापाको प्रर्दशन राम्रो थिएन । एउटा फ्रि किक प्रहारमा सिधै गोल भएको थियो भने दोस्रो गोल कर्नर प्रहारमा झापाका खेलाडीले हेडमार्फत गोल गरेका थिए । उनको प्रर्दशनप्रति संकटाका कोच निराजन खड्का पनि सन्तुष्ट भएनन् । तर, सोमबार बिहान भएको सडन डेथमा उनै गोलकिपर थापा नायक सावित भए । उनले झापाको दोस्रो पेनाल्टी प्रहारलाई रोक्न सफल भए , जसले गर्दा संकटा सेमीफाइनलमा पुग्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । आयोजक क्लबका अध्यक्ष किसोर राईले गोलकिपर थापालाई नगद १५ हजारसहित ट्रफी दिएर पुरस्कृत गरे ।

अन्तरवार्ता

थप...