free webpage hit counter भ्यालेन्टाइनडे विशेष कार्यक्रम सहित पथरीको सिक्का लज एण्ड वार फागुन २ गते औपचारिक उद्घाटन हुने - RatoKalam.com is No one news portal.

भ्यालेन्टाइनडे विशेष कार्यक्रम सहित पथरीको सिक्का लज एण्ड वार फागुन २ गते औपचारिक उद्घाटन हुने

माघ २९,पथरी । मोरङको पथरीमा भ्यालेन्टाइनडे (फ्रेब्रुअरि १४) अर्थात फागुन २ गते बाट सिक्का लञ्ज एण्ड बार विथ लाइभ म्युजिक नामको वार संचालनमा आउने भएको छ ।


प्रणय दिवशको अवसरमा उद्घाटन हुने सो वारले औपचारिक उद्घाटन विशेष सांगितिक प्रस्तुतिका साथ गर्ने भएको छ ।
पुर्वि मोरङ्गका खाना र संगित पारखीहरुलाई लक्षित गरि मुख्य पूर्व–पश्चिम राजमार्ग को पथरीको पूर्व वस स्टेन्ड दक्षिण पट्टि रहेको गोर्खा डिर्माटमेन्ट पश्चिम पट्टिको घरको माथिल्लो तल्लामा पथरी र कानेपोखरीका ७ युवा व्यवसायीहरुको ६५ लाख रुपैयाँको संयुक्त लगानीमा सो बार संचालन आएको हो ।
७० जना ग्राहक क्षमता सहितको बार सँगै ५० जनाको क्षमता भएको बर्थ डे पार्टी हल र २५ जना अट्ने मिटिङ्ग हल पनि संचालन गरिने सिक्का वारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संचालकमध्येका सञ्जीव गिरिले बताए
सांगीतिक र पारिवारिक वातावरणमा खानपिन सहितको सुविधा सम्पन्न सो बार प्रणय दिवसको अवसर पारेर फागुन २ गते उद्घाटन गरिने संचालक धिरेन सुब्बाले बताए ।


पथरी र अन्य छिमेकी पालिकाका आसपासका खानाका सौखिनहरुलाई नगर बाहिर गएर रमाइलो गर्नु पर्ने बाध्यताको अन्त्य गर्दै पथरीमै पारिवारिक बातावरणमा बसाउने उदेश्यका साथ बार संचालनमा ल्याउन लागेको सञ्चालकको भनाई छ । प्रत्येक शुक्रवार, शनिवार र आइतबार बिशेष सांगीतिक प्रस्तुती सहित सिक्का स्पेसल परिकार सो बारको आकर्षक रहेको बताइएको छ ।
वार सञ्चालनमा आएपछि १० जनाले रोजगार पाउने सञ्चालकहरूको भनाई छ । युवा व्यवसायीहरु धिरेन सुब्बा, सञ्जीव गिरि , मिलन श्रेष्ठ , पुजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राईको लगानीमा सो बार संचालन हुन लागेको हो ।

अन्तरवार्ता

थप...